प्राध्यापक संघमा सुवेदी चयन

  • २ श्रावण २०७६, बिहीबार
  • 1676 पटक पढिएको

बेनी २ साउन । पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा नारायणप्रसाद सुवेदी चयन हुनुभएको छ ।क्याम्पसमा बुधबार भएको संघको पाँचौ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

संघको उपाध्यक्षमा प्रेम जिसी, सचिवमा देवराज शर्मा, उपसचिवमा नारायण पौडेल र कोषाध्यक्षमा बिष्णु रोका चयन हुनुभएको छ ।सदस्यहरुमा हिराबहादुर बरुवाल, ज्ञानेन्द्र सुवेदी, मेघा रिजाल र मदन सुवेदी रहनुभएको छ । संघका निर्वतमा अध्यक्ष श्रीधर सुवेदीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।