कालीपुलको सडकमा गरालो हालेर अवरोध

  • १ श्रावण २०७६, बुधबार
  • 3700 पटक पढिएको

बेनी १ साउन । बेनी नगरपालिका–८ कालीपुलको सडकमा स्थानीयले गरालो हालेर अवरोध गरेका छन् । कालीपुलको पुरानो बजार देखि पर्वत बेनी जोड्ने पक्कि पुल जाने बैकल्पिक सडक अन्तरगत झोलुङ्गे पुल क्षेत्रमा बाँसको गरालो हालेर सवारी आवत जावतमा अवरोध गरेका हुन् । कालिपुल देखि पर्वत बेनी जाने बैकल्पिक सडकमा गरालो हालेर अवरोध गरिदाँ आवत जावतमा समस्या भएको राम खत्रीले गुनासो गर्नुभयो । एक हप्तादेखि गरालो हालेर बाटो अवरुद्ध गराएको बारेमा सम्बद्ध निकायमा गुनासो गर्दा समेत कसैले सुनुवाई नगरेको उहाँले बताउनुभयो ।

मुल सडकमा सवारीको चाप हुँदा र चाम पर्दा बिशेष गरेर मोटरसाइकल, स्कुटर, जिप र ट्याक्सी जस्ता हलुका सवारी साधनले यो बाटो प्रयोग गर्छन् । स्थानीयबासीले हिलो बस्तीमा आउने भएकाले यो बाटोमा सवारी चलाउन नदिएको बताएका छन् ।

यो सडक नभएको उनिहरुको भनाई छ । प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले प्रहरी पठाएर बुझ्ने प्रतिक्रिया दिनुभयो ।