नवोदित साहित्यीक बाचनालयको नयाँ नेतृत्व चयन

  • ३१ असार २०७६, मंगलवार
  • 2165 पटक पढिएको

 

तिलु शर्मा पौडेल
दोहा कतार
नवोदित साहित्यीक बाचनालय कतारको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको ११ आँै अधिवेशनबाट दिलीप पराजुलीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चक्र कार्की, द्वितीय उपाध्यक्षमा सन्तोष अधिकारी, मोबाइल पुस्तकालय संयोजकमा रूप रसाइली, महासचिवमा तिलु शर्मा पौडेल, सचिवमा दीप प्रदीप कुमार, कोषाध्यक्षमा शेखर बस्नेत र सहकोषाध्यक्ष महेन्द्र खड्का चयन गरिएको छ ।

सदस्यमा नारायण निर्जल, लीलानाथ घिमिरे, अनिल परिवर्तन, सन्ध्या अर्याल, सुरेश परियार आभास, राम आचार्य शायर र विनोद अधिकारी निर्विरोध चयन गरेको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचन संयोजक प्रेम प्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ लगतै नव निर्वा्चित अध्यक्ष पराजुलीले नेपाली भाषा र साहित्यको श्रीबृधिका लागि डटेर लाग्ने प्रतिबद्धता जनाएका थिए ।


‘भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान’ भन्ने मूल नारा सहित २०६५ सालमा दोहा कतारमा स्थापित नवोदित साहित्यिक वाचनालयको अधिबेशन अध्यक्ष दीप मिलनको सभापतित्व तथा अन्तर्रािष्ट्रय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा समपन्न भएको हो । दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरण लाइ दिलीप पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने चक्र कार्कीले आदिकविको जीवनी जानकारी गराएका थिए । कार्यक्रममा संयुक्त रचना वाचन कार्यक्रम, २०५ औँ भानु जयन्ती समारोह, कृति अवार्ड २०७६, अनेसास ( नवोदितको ९४ औँ साहित्यिक वाचन डबली र स्रष्टा सम्मान कार्यक्रम पनि गरिएको थियो ।

संयुक्त रचना वाचन अन्तर्गत महेन्द्र खड्का र अखिल अनुरागले आफ्नो विशेष रचना वाचन गरेका थिए ।नाबोदितले हरेक दुई वर्षमा हरेक दुई वर्षमा प्रदान गर्दै आइ रहेको कृति अवार्ड यो वर्ष पिपिरीका लेखक मीनराज बस्नेत(बागलुङ) विजयी भएको पुस्तक छनोट समितिका संयोजक तिर्थ संगम राईले बताएका थिए । कार्यक्रममा स्रष्टा सम्मान अन्तर्गत नेपाली डायस्पोरा कतारमा रहेर नेपाली साहित्य जगतका चम्किला नक्षत्रहरू सिताराम थापा र लेख कार्की सम्मानित भएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिने वक्ताहरूले प्रवासबाट नेपाली भाषा र साहित्यको क्षेत्रमा कमल चलाउँदै पुराएको योगदानको सर्जकहरूको खुलेर तारिफ गरे ।


कार्यक्रमलाई सहजीकरण सँगै कार्य प्रगति प्रतिवेदन महासचिव तिलु शर्मा पोडेलले प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि भट्टराईले आफ्नो सिर्जना वाचन सहित सफलताको कामना गरे । पहिलो चरणको समापन गर्दै सभापति मिलनले कार्यक्रम भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम बन्द सत्रमा प्रवेश गरेको घोषणा गरेका थिए ।