बेनी पिस सिटीद्धारा उपचारका लागि कृष्ण घिमिरेलाई २५ हजार आर्थिक सहयोग

  • २८ असार २०७६, शनिबार
  • 2081 पटक पढिएको

म्याग्दी, २८ असार । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा बेनी नगरपालिका २ का कृष्ण घिमिरेलाई उपचारका लागि २५ हजार ५५५ रुपैया आर्थिक सहयोग गरेको छ। शारिरिक रुपमा अपाङ्ग भएका घिमिरे लामो समय देखि ह्वील चियरको सहयातामा रहेका छन् । उनको शरिरमा देखिएको समस्यको थप उपचारका लागि कल्वले आर्थिक सहयोग गरेको हो ।


क्लवको सन २०१९ रु २० को लागि निर्वाचित टिमलाई पद हस्तान्तरण कार्यक्रममा सो सहयोग गरेको हो । क्लवका सल्लाकार राजेश शाक्य, पुर्व अध्यक्ष लोकेश पुन, र नवनिर्वाचित अध्यक्ष नरेश श्रेष्ठले सो सहयोग हस्तान्तरण गरेका हुन् । अध्यक्ष लोकेश पुनमगरले बर्ष २० १८ र १९ मा गरिएको क्लवले गरेका गतिविधि प्रस्तुत गरेका थिए ।

उनले विभिन्न विद्यालयमा अध्ययनरत जेहन्दार विधार्थीहरुलाई छात्रवृत्रि, अपाङ तथा आर्थिक समस्या परेकालाई आर्थिक उपचार खर्च, गलेश्वरमा जेष्ठ नागरिकलाइै भोजन लगायतका गतिविधिसहित २६ ओटा कार्यक्रम क्लवले गरेका जानकारी गराएका थिए । सो कार्यक्तमको संचालन सचिव भोजबहादुर रिजालले गरेका थिए । त्यस्तै सो अवसरमा बर्ष २०१९ मा निर्वाचित अध्यक्ष नरेश श्रेष्ठ र सचिव ज्ञानेन्द्र श्रेष्ठको टिमलाई पद हस्तान्तरण गरिएको थियो ।


पद हस्तान्तरण कार्यक्तममा क्लवका सल्लाकार राजेश शाक्यले विगतका राम्रा कामलाई निरन्तरता दिदै दुर्गम भेगका जनतालाई सहयोग पुग्ने नयाँ शैलीका कार्यक्तम गर्न निर्वाचित टिमलाई आग्रह गरेका थिए । भने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले धौलागिरि गाउँपालिकामा दशै र तिहारको विचमा स्वास्थ्य शिविर गरिने विगतका राम्रा कामलाई यस निर्वाचित टिमले गर्ने प्रतिवद्धता जनाएका थिए । सो कार्यक्रममा बेनी नगरपालिकाकी कार्यपालिका सदस्य टकसारा राना, पत्रकार र क्लवका सदस्यको उपस्थित रहेको थियो ।