किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

  • २७ असार २०७६, शुक्रबार
  • 1479 पटक पढिएको

बेनी २७ असार । स्वास्थ्य कार्यालय म्याग्दीको आयाजनामा बेनीमा शुक्रबार किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीमा पनि डेंगु रोगको लक्षय भएका बिरामी भेटिएपछि जनप्रतिनिधी, स्वास्थ्यकर्र्र्मी, स्वयंसेविक, विद्यार्र्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले डेंगु रोगको कारण, नियन्त्रणको उपाय र सावधानीका बारेमा जानकारी गराउनुभएको थियो । टायर तथा प्लास्टिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने भएकाले त्यस्तो बातावरण बन्न दिन नहुने बताउनुभयो । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्यले म्याग्दीमा तीन जनामा डेगुं रोगको लक्षण भेटिएको बताउनुभयो ।

जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाई नष्ट गर्न र जमेको पानी सफा गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रवहादुर केसीले डेंगु रोगबाट बच्न सबैले वातावरणीय सरसफाईमा ध्यान दिुनुपर्नेमा जोड दिनुभयो । यसैगरी सोही कार्यक्रममा शुक्रबार डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको लागी बेनी बजार क्षेत्रका सरकारी कार्यालयका पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेको हेरी खोजतलास गरी नष्ट गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख केसीको अध्यक्षता, स्वास्थ्य कार्यालयका अधिकृत रघुनाथ रेग्मीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।