रघुगंगामा आर्थिक बर्ष नसकिँदै आर्थिक कारोबार सकियो !

  • २७ असार २०७६, शुक्रबार
  • 2016 पटक पढिएको

म्याग्दी २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्षको समय नसकिँदै आर्थिक कारोबारलाई टुंगाएको छ । आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रमहरुको सम्पूर्ण कारोबार असार २७ गते सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।


गाउँपालिका मार्फत बजेट विनियोजन भएर उपभोक्ता समिति मार्फत भएका योजना, लक्षित बर्गका कार्यक्रम र खरिदजन्य कार्यको आबश्यक प्रकृया पुगेकाहरुको भुक्तानी दिईएको र काम सम्पन्न हुन नसकेकाहरुको बजेट कोषमा फिर्ता गरिएको गाउँपालिकाले जनाएको छ । यस आबमा गाउँपालिकाले कुल २६४ वटा योजना सञ्चालन गरेको थियो ।

केही योजना बाहेक प्राय सबै योजना तथा कार्यक्रम सम्पन्न भएको र कार्यसम्पादनको आधारमा भुक्तानी दिने काम सकिएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि सञ्चालन गर्ने योजना तथा कार्यक्रमको बजेट समेत गत असार २० गते नै स्विकृत गरिसकेको छ । वडागत रुपमा योजनाहरुमा विनियोजन गरिएको बजेट र योजना तथा कार्यक्रमहरुको सन्र्दभमा साउनदेखि नै वडा स्तरमा पुगेर सरोकारवालाहरुलाई जानकारी गराउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो ।