विपन्न छात्रालाई धौलागिरि सहकारीको आर्थिक सहयोग

  • २७ असार २०७६, शुक्रबार
  • धिरन खत्री
  • 1797 पटक पढिएको

म्याग्दी, २७ असार । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विपन्न छात्रालाई  न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । सदरमुकाम बेनीबाट लामोसयमदेखि   वित्तिय   सेवा दिदै आएको सहकारीले आर्थिक अवस्था कमजोर भएकी बेनी नगरपालिका – ९ तिनमानेकी पवित्रा खत्रीलाई १५ हजार आठसय रुपैया आर्थिक सहयोग गरेको हो ।


क्याम्पसमा स्नातक तह प्रथम बर्षकाे मानविकी संकायमा अध्ययनरत छात्रा पवित्रा खत्रीलाई सहकारी संचालक समितिका अध्यक्ष लिलाबहादुर बानियाँ, सचिव रामजी सुवेदी, कोषाध्यक्ष चन्द्रकुमार केसी, सदस्य विमला गौचन र प्रवन्धक बसन्तकुमार श्रेष्ठले सो आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सामान्य कृषि खेतीबाट उनका बुबाआमा बालकृष्ण र सिता खत्रीको घरखर्च चलाउदै आएका छन्न । पवित्राले पलस टु गलेश्वर मावि तोरीपानीबाट उतीर्ण गरेकी थिईन ।


पवित्राको उच्च शिक्षाको लागि परिवारको कमाईले नसक्ने भएपछि सहकरीले क्याम्पस भर्ना र महिनावारी शुल्क सहकारीले तिर्ने भएको हो । उनले राम्रो नम्वर लिएर उतीर्ण गरेमा तिन बर्षको पढाई शूल्क सहकारीले ब्यहोर्ने अध्यक्ष लिलाबहादर बानियाँले बताए । सहकारीले बर्षेनी क्याम्पसमा अध्ययन गर्न आउने गरिव जेहन्दार, अपाङ्ग दलित विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै आएको छ । सहकारीले शिक्षा कोषबाट म्याग्दी क्याम्पस, प्रकाश मावि, बेनी सामुदायिक विद्यालयमा अध्ययनरत जेहन्दार एक विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बर्षेनी सहयोग गर्दै आएको छ ।

सहकारीले स्थापनाकालदेखि नै सामुदायिक विद्यालयमा अध्ययनरत उच्च शिक्षामा आर्थिक समस्यामा परेका विद्यार्थीलाई उच्च शिक्षाका लागि सहकारी निरन्तर सहयोग गर्दै आएको सचिव रामजी सुवेदी बताए ।पढाईमा अब्वल तर परिवारको आर्थिक अवस्थाले नभ्याउने विद्यार्थीलाई सहकारीले सहयोग गर्दै उनीहरुको भविष्य सहज र जिम्मेवार बनाउन सहकारीको सहयोग अभियान निरन्तर रहने अध्यक्ष बानियाँले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l