म्याग्देली मोडल नविनले अञ्जलीसंग गरे अभिनय, यस्तो बन्यो ‘च्युरी गुलियो’ म्युजिक भिडियो

  • २७ असार २०७६, शुक्रबार
  • 5554 पटक पढिएको

म्याग्दी, २७ असार । म्याग्दीका मोडल नविन केसीले अभिनय गरेको ‘च्युरी गुलियो’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ । अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका केसीले नृत्य एवम अभिनय गरेको गीतको म्युजिक भिडियो युटुब मार्फत बजारमा ल्याइएको हो ।


काठमाण्डौमा बसेर अध्ययन गर्दै आएका केसीले यसै म्युजिक भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका हुन् । अञ्चल शाहीको शब्द यज्ञ विक र प्रेमकला पुनको स्वर रहेको गीतको म्युजिक भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ ।