अर्मनका मिर्गौला पिडित बुढालाई बेनीमा ५० हजार बढी सहयोग जुट्यो

  • २६ असार २०७६, बिहीबार
  • 2372 पटक पढिएको

म्याग्दी २६ असार । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन नेटाका मिर्गौला पिडित दिपबहादुर बुढा मगरलाई बेनीमा रु ५० हजार बढी सहयोग जुटेको छ । दुबै मिर्गौलामा समस्य ादेखिएपछि पोखराको फिस्टेल अस्पतालमा नियमित उपचार गराउँदै आएका बुढालाई युवा सञ्जाल म्याग्दीले बुधवार ५० हजार ६ सय ५१ रुपैयाँ सहयोग संकलन गरेको हो ।


सञ्जालका अध्यक्ष सन्दिप शर्मा रिजालको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजार क्षेत्रमा घरदैलो गरि संकलन गरेको सहयोग रकमलाई पिडित बुढाको घरपरिवारलाई उपलब्ध गराउने सञ्जालले जनाएको छ ।

मिर्गौला पिडित बुढाको घरपरिवारको आर्थिक अबस्थाको कारण उपचार प्रभावित बनेपछि युवा सञ्जालको अगुवाईमा पिडित परिवारलाई राहत पुगोस भन्ने उदेश्यले सहयोग संकलन गरिएको र छिट्टै सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने सञ्जालका अध्यक्ष रिजालले जानकारी दिए ।