शिखमा पुल मर्मत र पदमार्ग निर्माण

  • २६ असार २०७६, बिहीबार
  • 1800 पटक पढिएको

 

सेते तिलिजा पुन
शिख २५ असार : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिका–५ शिखको ठूलोपाखामा झोलुङ्गे पुलको मर्मत र पदमार्ग निर्माण भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत बेरोजगार फारम भरेका युवाहरुलाई परिचालन गरेर झोलुङ्गे पुलमा काठका फल्याक परिवर्तन गरिएको छ । गाउँदेखि पुलसम्म जाने करिब एक सय मिटर पदमार्ग समेत मर्मत गरिएको टोलसुधार समितिका अध्यक्ष निलबहादुर पुनले बताउनुभयो ।

आयोजनाका लागि अन्नपूर्ण गाउँपालिकाले वडा न. ५ लाख दुई लाख ३६ हजार रुपैयाँ बिनियोजन गरेको थियो । शिखमा एक लाख ३६ हजार र पाउद्धारमा एक लाख बाँडफाँड गरि पदमार्ग निर्माण र पुल मर्मतको काम गरिएको हो ।

पुल जिर्ण हुँदा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था थियो । कुहिएका काठका फल्याक निकालेर नयाँ फल्याक राखिएपछि सुरक्षित रुपमा आवत जावत गर्न पाएका छन् । पदमार्गमा सल्लाको काठका फल्याक राखेर हिडडुल गर्न सहज बनाइएको छ ।