बेनी नगरपालिकाले पुर्ण खोप घोषणालाई निरन्तरता

  • २५ असार २०७६, बुधबार
  • 2263 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २५ असार ।

बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि नगरलाई पुर्ण खोप घोषणा कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना २५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक बर्ष यस कार्यक्तमा प्रभावकारी रुपमा निरन्तरता दिएको हो ।


जन्मदेखि देखि १५ महिनासम्मका र १६ देखि २३ महिनाको बच्चाहरुलाई प्रभावकारी रुपमा पुर्ण खोप लगाउदै नगरपालिकालाई पुर्ण खोप घोषणा घोषणा गरेको हो । नगरपालिका भित्रका स्वयमसेविका र स्वास्थ्यकर्मीको सहयोगमा बच्चाहरुको खाका तयार गरि घरघरमा विवरण सर्वेक्षण गर्दै १५ महिना सम्मका ५ सय ९२ जनामा ५ सय ८४ जना र १६ महिना देखि २३ महिनाका ५ सय १३ जना बच्चाहरुलाई खोप लगाएको थियो । सर्वेक्षणका क्रममा सो उमेरका बच्चाहरुको नछुटेपछि पुर्ण खोप नगरपालिका घोषणालाई निरन्तरता दिएको हो ।

बालबच्चाहरुको स्वास्थ्थलाई निरोगी बनाउन पुर्ण खोपको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाले २९ वटा सेवा केन्द्रबाट खोप सेवा दिदै आएको बेनपा स्वास्थ्य शाखाकी संयोजक लिला गौतमले जानकारी गराएकी थिईन । बालबच्चाहरुको शारिरिक र मानसिक रुपमा बलियो बनाउन पुर्ण खोप लगायतको स्वास्थ्य क्षेत्रका अन्यसेवाहरुबारे बेनी अस्पतालकी मेडिकल अधिकृत मनु विश्वकर्माले जानकारी गराएकी थिईन ।


त्यस्तै सो कार्यक्रममा बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठ लगायतको उपस्थित रहेको कार्यक्रममा सदरमुकाम बेनीबासील्े प्रयोग गर्नेे खानेपानीको मुहान र टंयाकी र बजारको वितरण गरिएको पानीको अवस्थाबारे ल्याव परिक्षणको गतिविधि प्रस्तुत गरिएको थियो । बेनी बजारले प्रयोग गर्ने खानेपानी सुरक्षीत रहेको बेनी अस्पतालका बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट संजोक तिमिल्सीनाले जानकारी दिए । उनले सदरमुकाम बेनीबासीले खानेपानी पिउन योग्य रहेको जानकारी दिदै बर्षायाममा पानी प्रयोग गर्दा सुरक्षाहरु अपनाउन आग्रह गरेका थिए ।


बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकिय अधिकृत हरीप्रसाद शर्माको उपस्थित भएको थियो ।
बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको पुर्ण खोप कार्यक्तमको सहजिकरण नगरपालिका स्वास्थ्थ संयोजक लिला गौतमले र स्वागत मन्तव्य स्वास्थ्य सहसंयोजक सोमनाथ उपाध्ययले राखेका थिए । सो कार्यक्तममा वडा अध्यक्ष र स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थित रहेको थियो ।