तिनमहिने ब्युटीपार्लर तालिम सम्पन्न

  • २४ असार २०७६, मंगलवार
  • धिरन खत्री
  • 1824 पटक पढिएको

 

बेनी, २४ असार । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय आर्थिक सहयोगमा तिनमहिने ब्युटीपालर तालिम बेनीमा मंगलबार सम्पन्न भएको छ । महिलाहरुलाई रोजगारी सिर्जना तथा ब्यवसायिक सिपबाट आत्मनिर्भर बनाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयको सहयोगमा २५ जना महिलालाई तिनमहिने ब्युटीपार्लर तालिम दिएको हो ।

फुर्सदको समयलाई सदुपयोग गर्दै महिलाहरुमा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले सिपमुलक तालिमको रुपमा ब्युटीपालर तालिम उपयुक्त रहेको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले बताईन । उनले सिकेको सिपलाई ब्यवहारमा उतार्न तालिम सहभागिलाई आग्रह गरेकी थिईन ।

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयकी अधिकृत सरिता गौतमले तालिममा सिकेको विषयलाई ब्यवहारमा उतारेर व्यवसायिक र स्वरोजगार बन्न आग्रह गरेकी थिईन । त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले शुभकामना मन्तव्य राखेका थिए ।रोयल्टी ब्युटी पार्लर एण्ड टेनिङ्ग सेन्टर बेनी म्याग्दीकी प्रोपाइटर संगिता श्रेष्ठले तिन महिनासम्म २५ जनालाई ब्युटिपार्लर सम्वन्धी तालिम दिएकी थिईन ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका सामाजिक विकास मन्त्रालयको उपसविच भिमप्रसाद तिवारीले सिकेको सिपलाई आम्दानीको बाटोतर्फ अघि बढाउन तालिममा सहभागिलाई आग्रह गरेका थिए । प्रदेशले महिलाहरुलाई रोजगारी बनाउने उद्देश्यलले यो तालिम आयोजना गरिएको जानकारी दिए ।३ महिने असिसेन्ट ब्युटीसियन तालिम समापन कार्यक्रमको संचालन आरती रिजाल, स्वागत मन्तव्य संगिता श्रेष्ठले राखेको कार्यक्तममा सहभागिबाट तर्फबाट सिय्रा पौडेलले राखेकी थिईन ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l