बेनी नगरपालिको करिब त्रिपन्न करोडको बजेट पारित

  • २३ असार २०७६, सोमबार
  • 1891 पटक पढिएको

 

म्याग्दी, २३ असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट पारित गरिएको छ । असार २१ गते नगरउपप्रमुखले सञ्जु बरुवालले पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट सोमबार बसेको नगरसभाले पारित गरेको हो ।

आन्तरिक आयतर्फ तीन करोड तीन लाख, वित्तिय समानिकरण अनुदान तेह् करोड छत्तीस लाख, सशर्त अनुदान चौबीस करोड ९९ लाख, राजस्व बाँडफाँड नौ करोड सत्र लाख तीन हजार, सडक वोर्डबाट चालीस लाख, चालु वर्षमा खर्च हुन नसकेर बाँकी रहने दुई करोड रुपैयाँ बजेटको स्रोतमा अनुमान गरिएको छ ।


कृर्षि, पशुपन्छी, पर्यटन उद्योग सहकारी तथा वित्तियलाई समेट्दै आर्थिक विकास तर्फ १ करोड पचास लाख विनियोजन गरिएको छ । सामाजिक विकास तर्फ शिक्षामा ९९ लाख रुपैया, खानेपानीतर्फ ३८ लाख, स्वास्थ्यतर्फ ३४ लाख, महिला विकास तर्फ २४ लाख, लक्षित समुहमा ११ लाख, धर्म सस्कृतितर्फ ३ लाख, खेलकुदतर्फ १६ लाख गदै २करोड २५ लाख रकम विनियोजन भएको छ । पुर्वाधारतर्फ सडक स्तरोन्नतीतर्फं ध्यान दिदै ६ करोड १६ लाख ९८ हजार बजेट विनियोजन भएको छ । वन वातावरण तथा विपद ब्यवस्थापन तर्फ ५० लाख, शुशासन तथा संस्थागत विकासतर्फ ७५ लाख बजेट बृहत छलफल गर्दै सोमबार बजेट पारित गरेका हुन् । कर्मचारी तथा प्रशासनिक खर्च हुने चालुतर्फ ७ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।


सोमबार भएको नगरसभामा नगरउपप्रमुख बरुवालले प्रस्तुत गर्नुभएको आर्थिक र विनियोजन विद्येयकतर्फ राखेका शिर्षकहरुमा वडा सदस्यहरुले विभिन्न सुझावहरु राख्दै पारित भएको थियो ।
वडा सदस्यहरुले बजेट शिर्षक प्रष्ट्र रुपमा नखुलेको, विकास अनुगमन फितलो, महिला लक्षित कार्यक्रममा महिला वडा सदस्यहरुलाई जानकारी तथा समावेश कम गरिएको गुनासो राखेका थिए ।


पुर्वाधारतर्फ सडक, कृषि, शिक्षा, स्वास्थ्य, खोनपानी, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार, सार्वजनिक सेवाप्रवाहलाई सहज र प्रभावकारी बनाउने तर्फ ध्यान बनाइएको नीति तथा कार्यक्रमलाई ध्यान बजेट पारित भएको नगरप्रमुख श्रेष्ठले बताए । योजनाको दिगो प्रभावकारी बनाउन पुरानो कार्यक्रमलाई प्रथामिकता दिएको उनले बताए ।
यसैबीच बजेट छलफल तथा पारितमा बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापा सहित वडा सदस्य नगरसभामा सहभागी भएका थिए ।