सपनाको वेनी नगरपालिका

  • २२ असार २०७६, आईतवार
  • 2255 पटक पढिएको

हरिप्रसाद पौडेल
म्याग्दी, २२ असार ।
आज वेनी नगरपालिका वडा नं. १ को भानु मा.वि रत्नेचौरमा एकैपटक १० वटा खेलहरु सञ्चालनमा रहेका छन् । १० वटै वडा वाट यूवा, महिला, जेष्ठनागरीक, अपांगता भएकाहरु सवै जना सहभागि हुन मिल्ने गरी १० वटा खेलमा सहभागिता रहेको छ ।

वेनी नगरपालिकाका १० वटै वडाहरु सकेसम्म सवै खेल आफ्नो कव्जामा पार्न हरतरहवाट तम्तयार भएका छन् । “दश वडा, दश खेल–सवै क्षेत्र र वर्गको उत्कृष्ट मेल” भन्ने नारा सहित विभिन्न चरणमा खेलाईएको खेलमा सवै वडाहरुले कुनै न कुनै पदक हात पारी सकेका छन् अव वाँकी उत्कृष्ट कुन वडा हुन्छ भन्ने मात्र यस खेलवाट टुंगीने र आजै समापन समेत हुने भएकोले गण्डकी प्रदेशका मुख्यमन्त्रि, सामाजिक विकास मन्त्रिको समेत उपस्थिती यहाँ देखिन्छ । वेनी नगरपालिका का कार्यपालिका सदस्यहरु आ–आफ्ना जिम्मेवारी मा कही कतै त्रुटी नहोस भनेर निकैनै मेहनत गरीरहेका छन् । सवै वडा वाट स्वयमसेवक परिचालन गरीएको छ भने वडा सदस्यहरु को भन्दा को कम गरी आफ्नो जिम्मेवारी पुरा गर्न लागेका छन् । खेल हेर्न आउने सवै जनालाई लामागरामा फलाईएका अर्गानिक खानको स्वाद दिलाउन स्टल नै राखिएको छ यस स्टलको ब्यवस्थापन लामागरा कृषि उद्यमी समुहले गरेको छ । यो समुह यस क्षेत्रकै उत्कृष्ट समुहको रुपमा गण्डकी प्रदेशवाट पुरस्कार प्राप्त गरेको समुह हो । यहाँ विषादि नमिसाइएका तरकारी मात्र उत्पादन हुने हुँदा देशभर यसको माग उच्च रहको छ । माग धान्ने गरी उत्पादन गराउन वेनी नगरपालिकाले उत्पादनमा अनुदान उपलब्ध गराउने निति अख्तियारी गरेको छ । जस्ले धेरै उत्पादन गर्र्छ उसैले धेरै अनुदान पाउने हुँदा कृषकहरुमा उत्पादनमा प्रतिश्प्रधा तिव्र रहेको छ ।

कृषकलाई आवश्यक पर्ने प्राविधिक सहयोग मालिका गाउपालिका वाट लिने गरेको छ । मालिका गाउपालिका र वेनी नगरपालिका विच नगरपालिकावाट जेटीए पढ्न जाने विद्यार्थिलाई छात्रवृत्ति उपलब्ध गराउने र जनशक्तिलाई मालिका गाउँपालिका तथा वेनी नगरपालिकाले रोजगार उपलब्ध गराउने सम्वन्धी सम्झौता भए वमोजिम ति जनशक्ति परिचालन गरीएको हो । वेनी नगरपालिका १ को उच्च भेगका विद्यार्थिहरु अहिले सम्म २० जनाले कृषि प्राविधिक विषय अध्यन गरी विभिन्न स्थानमा रोजगारीमा रहेका छन् ।
वेनी नगरपालिका २ ज्यामरुककोट को ऐतिहासिक स्थल ज्यामरुककोत मा जान वेनी वजारवाट पैदल जाँदा होस या केवल कारवाट जाँदा होस वेनी वजार, वेनपा ५ स्थीत पुलाचौर पछै, वेनपा ५ गाजने जगन्नाथ मन्दिर, वेनपा ९ मा रहेको ढोलठाना दरवार, वेनपा १० स्थीत विश्वको अलौकीक स्थल गलेश्वर वावा, जलजला मल्लाजमा रहेको मल्लाज दरवार आदी मनै लोभ्याउने तश्विरहरु हेर्ने पाइने हुँदा यस क्षेत्रमा आउने पर्यटकको संख्या गत २ वर्ष भन्दा २ गुणा वढि छ यो वर्ष । केवलकारवाट जाँदा या पैदल जाँदा विचमा पर्ने लभ्लि हिलमा जिवनका सवै दुःख विर्षेर रमाइलो गर्ने जोडी या नवयौवना हुन या कामकाजी जोडी हुन या त जिवनको उत्तरार्धमा पुगेका जोडी हुन सवै आ–आफ्नै धुनमा रमाइहेको हेर्दा कम्ति त आनन्द आउदैन । यो सवै सम्भव स्थानिय सरकार जिम्मेवार भएकै कारण हो । लभ्लिहिलमा रहेका ५ वटा स्टार होटलहरु कुनै दिन खालि हुदैनन् ।

वजारको कोलाहलवाट केही पर रहेर रमाउन पाइने बौरमा उत्पादन गरेका स्थानिय जातका माछा तथा अर्गानिक तरकारी र मंगला गाउँपालिका बावियाचौरमा फलेको मगमग वासना आउने स्थानिय गौरीयाको चामलको भात, धौलागीरी को मुदी मल्कवाङ्ग र मराङ्ग मा फलाईएको कालो कोदोको ढिडो र अन्नपुर्णमा गाउपालिकामा फलाईएको स्थानिय जातको आलु खान पाइने भएकोले सवैजना त्याहाँ जान लालायीत देखिन्छन् । लभ्लि हिल वाट माथि उक्लेपछी पुगिने ऐतिहासिक कोत पुरातात्विक ज्यामरुककोट दरवार र वाइसे राज्यका पालाको इतिहास तथा सो संग सम्वन्धित ग्यालरी समेत रहेको ले इतिहास अध्ययनमा रुचि राख्नेहरुको लागी एक ऐतिहासिक पुस्तकालयकै रुपमा यसलाई लिन सकिन्छ यो सवै ब्यवस्थापन स्थानियहरुलेनै गरेका छन् वेनी नगरपालिकाको “एक वडा एक पहिचान कार्यक्रम” अन्तर्गत यो निर्माण गरिएको वेनी नगरपालिकाका मेयरले स–गौरव जानकारी गराउनुभएको थियो ।
वेनी नगरपालीका ३ भकिम्लीको राखुमा तयार गरीएको कोल्ड हाउस (शित भण्डार)मा भकिम्ली र वेनपा ४ सिंगा वाँसकुनामा उत्पादन भएको सुन्तला राख्ने गरिएको छ । मुल्य अभिवृद्धि सृंखला ब्यवस्थापन गर्दै उत्पादित वस्तुलाई वेमौसममा वजारमा ल्याउन यो विधि अपनाइएको छ । नेपालका विभिन्न क्षेत्रमा सुन्तला निर्यात गर्ने गरी स्थानिय सुन्तला उत्पादक समुहले यसलाई जिम्मा लिएको छ । कृषि ज्ञान केन्द्र तथा सुन्तला जोनको कार्यक्रम र वेनी नगरपालिका को समपुरक कोष को खर्चमा यो शित भण्डारण केन्द्र तयार गरीएको हो । यो भन्डारण केन्द्र वेनी नगरपालिका क्षेत्रमा उत्पादित वस्तु मात्र होईन म्याग्दी जिल्लाभर उत्पादन गरीएका वस्तुहरु भण्डारण गर्न मिल्ने गरी तयार पारीएको हुँदा यसले देशकै नमुना शित भण्डारण केन्द्रको संज्ञा पाएको छ । आगामि ५ वर्षमा स्वर्गाश्रम सम्म कालोपत्रे सडक पु¥याउने र स्वर्गाश्रमलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने लक्ष वडा नं. ३ को दिर्घकालिन नितिमा समावेस भएकोले यो पुरा हुनेमा विश्वस्त हुन सकिन्छ ।

धवलागिरी मा.वि सिंगा वहुअपांगता भएका वालवालिकाहरुको आश्थाको केन्द्रको रुपमा विकास गर्न सम्वन्धित स्थानको समुदाय, क्लव को मेहनतलाई कुनै मुल्याङ्कनले पुर्ण हुन सक्दैन यो केन्द्रमा हाल सवै प्रकारका अपांगता भएका वालवालीकाको लागी छुट्टा छुट्टै ब्यवस्थापन तथा पठन पाठन थालिएको छ । अपांगता भएका यहाँका वालवालिका संग रमाउन आउने विभिन्न ब्यक्ति तथा संस्थाहरु लोभिएर जाने गरेका छन् । कुनै अन्ताष्ट्रिय सहयोग विना स्थानिय सरकारको ब्यवस्थापन तथा नेपाल सरकारका अन्य विभिन्न निकायहरुको योजनावद्ध सहयोग, विध्यालयको अल्पकालिन तथा दिर्घकालिन रणनिति र कार्यान्वयन प्रतिवद्ध सहयोगी वि.ब्य.स., प्रतिवद्ध शिक्षकहरु को वहुआयामिक समन्वय हेर्दा चाहेमा नसकिने केनै पो रहेछ र भन्ने भान हुन्छ । विध्यालय जन्म देखी मृत्यू सम्म चाहिने हुने सवै प्रकारका शैद्धान्तिक र ब्यवहारीक सिकाईको नमुना केन्द्र वनेको छ । हाम्रो संस्कृती, परम्परा देखी सामाजिक अभियान सम्म सञ्चालन गरेको विध्यालयमा प्रत्यक दिन जसो आगन्तुकहरु आउने गरेको विध्यालका प्रअले स्वाभिमानका साथ वताउनुभयो ।

त्यसैगरी कृषि उत्पादनको नमुना क्षेत्र वनाउन निजि तथा सामुहिक लगानि र त्यसवाट भएको उत्पादनले वाह्य जिल्लावाट हुने गरेको निर्यातलाई ७५ प्रतिशत विस्थापन गरेको नगरपालिका कृषि शाखाका प्राविधिकहरु वताउछन् । वेनी नगरपालिकाका सवै वजार केन्द्रहरुमा पहिलो प्राथमिकतामा स्थानिय उत्पादनलाई राख्ने र त्यसका लागी नगर प्रहरी समेत परिचालन गरेर नियन्त्रण गर्न समेत सकिने गरी नगरपालिकाले निति अवलम्वन गरेको छ ।
म्याग्दी खोलाको पानीलाई लिफ्ट सिंचाई आयोजना मार्फत वेनी नगरपालिकाको वडा नं. ५, ६ र ९ नंं. वडामा सिंचाई पु¥याउने दिर्घकालिन लक्ष अनुरुप सञ्चालन गरिएको यो योजना पहिलो चरणमा वेनी नगरपालिका ५ को अवेचौरमा पु¥याई त्याहा विशाल भण्डारण गरी त्याहाँ वाट वितरण गरिएको छ । आकाशे पानिमा निर्भर यहाँका जनताले स्थानिय सरकार भएको अनुभुती गरेका छन् । विना कुनै भेदभाव सर्वपक्षिय समन्वयमा सञ्चालन हुन लागेको यो योजनाले यहाँ वाट विस्थापित हुने अवस्थामा पुगेका जनताले पुन एक पटक जन्मस्थल लाई धन्यवाद दिएका छन् । यस योजना वाट करीव ४५सय हेक्टरमा सिंचाई पुगेको छ । जसको कारण कृषि पशु ब्यवसायमा लागेका ब्यक्तिहरु ब्यवसायिक वन्न थालेका छन् । यसै योजनालाई खानेपानी योजनामा समेत परिणत गर्ने योजना रहेको वृृहद म्याग्दी खोला सिंचाई ब्यवस्थापन तथा उपभोक्ता समुहका अध्यक्षले जानाकारी गराए । “रोजगारी खोज्न जादैनौ–गुलामि वन्न चाहदैनौ, कृषि पशु हाम्रो ब्यवसाय–यसैवाट चाहिएजती आय” भन्ने नारा मा रहेर तयार पारीएको दिर्घकालिन वेनी नगरपालिकाको रोजगार रणनिति अन्तर्गत सञ्चालन भएको यो कार्यक्रम साच्चैनै सफल भएको छ ।
वेनी नगरपालिकाको केन्द्र मात्र होइन वेनी वजार अर्थात वेनी नगरपालिका वडा नं. ७ र ८ । म्याग्दी जिल्लामा भित्रने हरेक आन्तरीक तथा वाह्य पर्यटकहरुले म्याग्दी कस्तो छ भनेर वुझ्न वेनी वजार लाई नियाल्दा हुन्छ भन्ने गरी विकास गर्नुपर्छ भन्नेमा वेनी नगरपालिका को सम्पर्ण टिम एकमत भएको थियो । नगरपालिकाको १० वटै वडा केन्द्रमा कालोपत्रे सडक पु¥याइसकेको वेनी नगरपालिकाले वेनी भित्रने दुवै नाकामा जिल्लाको चिनारी दिने नक्सा तथा वनी नगरापलिकाको विभिन्न क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक पुरातात्विक संरचना, औद्योगिक उत्पादन, सफल योजना को विवरण दिने विभिन्न म्यापहरुको ब्यवस्था गरेको छ । जिल्ला सदरमुकाम रहेको क्षेत्र भएकोले विभिन्न जातजाती धर्म संस्कृती लाई सम्मान गर्दै डवली तथा म्यूजियमको ब्यवस्था गरेको छ । हिमालको काख गुर्जा मल्कवाङ्ग लगाएतका क्षेत्रमा वसोवास गर्ने छन्त्याल जाती देखी नदी किनारामा वसेका नेवार समुदाय सम्मको धार्मिक सांस्कृतिक पहिचान लाई जोगाउन लागिपरेको वेनी नगरपालिकाको काम साच्चै यो दुइ वडा भ्रमण गर्दा देख्न पाईन्छ । वजार क्षेत्र कल्पना गर्न नसकिने सफा रहेको छ यहाँ वाट संकलन हुने फोहोरलाई वर्गिकरण गर्ने योजना अगाडि सारिएको छ । केहि वर्ष अगाडि घरवाट निस्कने फोहोरको १० प्रतिशत फोहोर पनी आजकल निस्कदैन । घरघरमा वैज्ञानिक फोहोर ब्यवस्थापन योजना लागु गरीएको छ सहकारी मार्फत सञ्चालन गरीएको यो योजना अनुकरणात्मक छ ।

नगरवासीले फोहोर लाई फोहोर भन्दैनन् उनिहरुले हिजो हामिले थाहा नपाएर फोहोर भनेका थियौं घरवाट निस्कने यो वस्तु त वालुवामा खोज्न पर्ने सुन भन्दा महंगो रहेछ वल्ल थाहा पाएका छौ भन्छीन वडा नंं. ८ की महिला सदस्य । वजारको सजावट हेर्दा लाग्छ यो कुनै वरिष्ठ चित्रकारले चित्र वनाएर पर्खालमा सजाएको छ । घरका डिजाईन, रंग रोगन, विजुलि लगाएतका अन्य तार जन्य वस्तुको वैज्ञानिक ब्यवस्थापन यति उत्कृष्ट छ की दिउसो र राति मा समेत कुनै भेद छैन । ७ र ८ नंं. वडाको एकिकृत योजना तथा वेनी नगरपालिकाको दिर्घकालिन रणनिति “वेनी नगर, नागरीकको सहभागितामा सर्वाेत्कृष्ट सहर” भन्ने योजना र “सफा नगर सफा सहर अन्तराष्ट्रिय पहिचान नागरीकको रहर” भन्ने नारामा आधारीत भएर यो कार्य सम्पन्न भएको हो ।
वलमुक्तेश्वर महादेव–गलेश्वर महादेव– ढोलठाना दरवार –पौलस्त्याश्रम–जगन्नाथ मन्दिर–रावण पार्क–महारानिथान समेटेर तयार पारिएको धार्मिक सास्कृतिक धार्मिक ऐतिहासिक पर्यटन गुरुयोजना आज सफल भएको छ । विशेष गरी भारतिय पर्यटकलाई लक्षित गरी तयार पारीएको यो योजना ले वेनी नगरपालिकका ५, ६, ७, ८, ९ र १० नंं. वडालाई समेटेको छ । भारतिय पर्यटकका सथै श्रीलंकालीहरु समेत यहाँ आउने गरेका छन् आफ्ना भगवाने रावण को जन्म भएको स्थानको रुपमा श्रीलंकामा प्रचार प्रशार गर्न श्रीलंकामा वस्ने नेपालीहरु तथा उद्योग वाणिज्य संघले राम्रो मद्यत गरेका छन् । वेनी नगरपालिका ९ मा रहेको गलेश्वर मा.वि. तोरीपानीमा अध्यापन गराईने सिभिल इन्जिनियर कोर्ष अध्ययन गराउन यो गुरुयोजना साच्चै गूरु वनेको छ ।
वेनी नगरपालिकामा खपत हुने मासुजन्य उत्पादन मध्य खसीको पकेट क्षेत्र मानिने वेनी नगरपालिकाको ९ को केही भाग र १० नं. वडा वाट हाल जिल्लाको माग पुरा गरेर खसी निर्यात गर्ने योजनामा रहेका छन् । वेनी नगरपालिकाको लेकाली भेग भनेर चिनिने एक क्षेत्र यो पात्लेखेत क्षेत्र उत्पादनको हिसावले समेत उत्तिकै चर्चित छ यहाँ सुन्तला जातका फलफुल देखी हरियो तरकारी उत्तिकै निर्यात गर्ने गरीएको छ । वेनी नगरपालिका मा जनप्रतिनिधि मुलक संस्थाले नेतृत्व लिएपछी देखिएको एउटा सानो उदाहरण मात्र हो वास्तवमा जनताहरु यही देख्नको लागी अनवरत संघर्ष गरेर संघियता ल्याउन लागिपरेका थिए आज उनिहरुले मेहनतको फल प्राप्त गर्ने अवसर आएको छ । आज सवै नगरवासी उत्साही वनेका छन् नगरपालिका भित्र हरेक योजना नागरीकको सहभागितामा सञ्चालन गर्ने जनप्रतिधिहरुको उत्कृष्ट विचार ले नागरीकले नयाँ निर्वाचन हुदा समेत विकल्प छैन भन्ने गरेको सुन्न पइन्छ ।
यत्तिकैमा घरै आगाडि रहेको भाले ले डाँको छाड्यो झस्लङ्ग विउझें, कोल्टे फर्कन खोजेको घामले झ्यालवाट गिज्याउदै रहेछ लाज मानिमानि उठ्न के पाएको थिएँ एकजना परिचितको फोनको घण्टी वज्यो उठाउदाँ भने आज त वेनी नगरपालिकाको निति तथा वजेट आउने रे नी ! म पनी अचम्म परे हामिलाई वोलाएको भए केनै विग्रन्थ्यो र ? र पनी जवाफ फर्काएँ ए हो र ठिकै छनी त कम्तीमा अनिर्णयको वन्दि वनेन असफल हुन वाट जोगियो, सवैमा सदुवभाव ! जय होस ।