बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सार्न माग

  • २१ असार २०७६, शनिबार
  • 2226 पटक पढिएको

 

बेनी २१ असार । प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् ।विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिहरुले सुझाव दिएका हुन् ।

विभागले शनिबार जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले बेनी, बगरफाँट, पर्वत बेनी, लामाखेल र आसपासका बस्तीको वातावरणमा प्रतिकुल असर पार्ने खतरा भएकाले बाँधस्थल परिवर्तन गर्न माग गरेका हुन् ।कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धी हुने, खानेपानी र सिचाईको स्रोत सुक्ने खतरा भएकाले हाल प्रस्तावित भन्दा करिब डेढ किलोमिटर माथि बाँध बनाउँदा उपयुक्त हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सुझाव राखेका थिए ।

‘रघुगंगा र कालीगण्डकीको दोभान भन्दा माथि बाँध बनाउँदा क्षमता पनि बढ्ने र वातावरणीय हिसाबले पनि उपयुक्त हुने देखिन्छ,’ बेनीका हरिकृष्ण श्रेष्ठले धारण ब्यक्त राखे । गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनपा ८ र जलजला गाउँपालिका २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकालीने विभागका इञ्जिनियर सविन भण्डारीले बताए ।

तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ । आठ अरब बीस करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको तयारीमा रहेको विभागका समाजशास्त्री पंकज पोखरेलले बताए ।यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । जिसस पर्वतका प्रमुख मनोहर बि पौडेल, म्याग्दीका प्रमुख देवेन्द्र कटुवाल, पूर्व सांसद नवराज शर्मा, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी लगायतले स्थानीयको चाहना र भावना अनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने गरेर काम गर्न सुझाव दिए ।

जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, वडा अध्यक्षहरु गोविन्द खत्री र रवी भण्डारीले वातावरणीय जोखिम र असर न्युनीकरण हुने गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्ने बिचार व्यक्त राखेका थिए । उनीहरुले बाँधकै कारणले आयोजनालाई फिर्ता पठाउन नहुने अडान राखेका थिए ।

विभागका सामाजिक अर्थविज्ञ भरतमणी शर्माले जलविद्युत आयोजनाको सुरुङमा कालीगण्डकीको पानी लैजाँदा तापक्रममा असर नपुग्ने बताउदै बेनीमा म्याग्दी नदी पनि मिसिने, खानेपानी र सिचाई आयोजनालाई असर नपुग्ने गरेर दश प्रतिशत पानी छाडेर विद्युतमा प्रयोग गरिने भएकाले वातावरणमा असर नपुग्ने जानकारी गराए ।

‘विभाग आफैले आयोजना बनाउन लागेको हो,’ शर्माले भन्नुभयो ‘निर्माणका क्रममा असर न्युनीकरणका लागि सावधानी अपनाउनुपर्ने हुन्छ । दिर्घकालीन हिसाबले स्थानीय तहको आयस्रोत बढ्ने, रोजगारी सिर्जना हुने लगायतका अवसर छ ।’
सो आयोजनाको