म्याग्देलि गायक गर्बुजाको एकल गायन

  • १७ बैशाख २०७४, आईतवार
  • 6519 पटक पढिएको

म्याग्दी, १७ वैशाख । काठमाडौको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार म्याग्देली लोक गायक खड्ग गर्बुजाको एकल गायन सम्पन्न भएको छ ।म्याग्दी कलाकार समाज काठमाडौले आयोजना गरेको कार्यक्रममा कलाकार गर्बुजाले बाद्यवादकहरुको समूहसंगै १९ वटा लोक भाकामा आधारीत गित प्रस्तुत गर्नुभएको थियो । सालैजो, यानीमाया, ठाडो भाका, शिरफूल भाका, साहिंलो भाकाका गित प्रस्तुत गर्नुभएको थियो ।
मौलीक लोक भाका र संस्कृतीको संरक्षणसंगै कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको म्याग्दी कलाकार समाजका सचिव राम गगनले बताउनुभयो । दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म सञ्चालीत एकल गायनका लागि आठ सय वटा टिकट बिक्री भएको थियो भने एक हजार जना सहभागी भएको सचिव गगनले बताउनुभयो ।


रुख बाट लडेर खुट्टा भाँचीएपछि आफ्नो गायन यात्रा सुरु भएको गर्बुजाको बेदना सुनेपछि भावुक बनेका दर्शक, स्रोताहरु उहाँको प्रस्तुतीबाट निकै प्रभावीत भएका थिए । कार्यक्रमको ईमेज टेलीभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।प्रवासी नेपाली म्याग्देली संघ (मोना)का संस्थापक अध्यक्ष प्रकाश पुनको प्रमुख आतिथ्यता र म्याग्दे कलाकार समाजका अध्यक्ष बिल पुर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव राम गगन र सज्जन बोहोराले सञ्चालन गर्नुभएको थियो ।