सडकले ल्यायो हस्पिटलचोकमा बाढी ( तस्विरसहित भिडियाे )

  • ११ असार २०७६, बुधबार
  • 2633 पटक पढिएको


म्याग्दी, ११ असार । बर्षायाम सुरुसंगै पानी प¥यो भने सदरमुकाम बेनीको हस्पितलचोकमा बाढीको त्रास उब्जिएको छ । बाढी बग्ने ढल निर्माण नगरि खनिएको सडकले हस्पिटलचोकमा बाढी आएको हो । बुधबार बेलुका ४ बजे हस्पिटलचोकदेखि जामुनाखर्क हुदै अथुङ्गे जाने सडकबाट बाढी अनियमित भएर होटल र फलफुल पसलमा पसेको थियो ।


मुसलधारे पानीसंगै यस बर्ष खनिएकोे सडकमा बगेको भेल जाने खोल्सोलाई पुरेर सडक निर्माण गरिएको थियो । भने ढलको निकास निर्माण गरिएको थिएन् । माथिबाट आएको बाढी चोकमा रहेको रिहाना थकाली होटल र विजय किराना तथा फलफूल पसल भित्र रहेकोे तिनओटा रुममा बाढी पसेर क्षति पु¥याएको हो ।


हिलो जति होटल र फलफूल पसलमा पसेको छ । पानी बग्ने ढल पुरेर निर्माण गरिएको अब्यवस्थित सडकको परिणाम रहेको थकाली होटलका संचाल बताए । सडक निर्माणपछि डोजर लगाएर ढल सफा गरेर निकास बनाउने भन्दा जनप्रतिनिधि र नगरपालिकाले बेवास्ता गरेको थकालीे होटल संचालकले बताए ।

विगत दुई बर्षदेखि होटल गरौ, अधिल्लो बर्ष आएको थिएन्, यस बर्षको सडक निर्माणले होटल र किरान पसलसंगै सडकमा बाढी आएको होटल संचालकले बताए ।


विजय किराना पसलका संचालक बस्ने तिनओटा कोठामा भएको सामानहरुमा क्षति पु¥याएको छ । १५ बर्षदेखि नआएको बाढी सडक निर्माणले यो क्षति भोग्नप¥यो उनले बताए ।


सडक निर्माणसंगै बाढी बग्ने ढल निर्माणमा वेवास्ताले यो क्षति भएको हस्पिटलचोक बासीले बताए । बर्खासंगै निरन्तर बर्षासंगै आएको बाढीले बसपार्कमा ठुलो क्षति निम्ताउन सक्ने देखिन्छ । यो सुरुवात हो, समयमै सोचेर ढल निकास गरेनौ भने मुसलधारे बर्षा हुदाँ हस्पीटलबासीलाई त्रास हुने देखिन्छ । भने सवारीसाधन, विद्यार्थीहरुलाई पनि आवातजावतमा समस्या देखिने छ ।  थप ठुला क्षति हुन नदिन नगरपालिका र सरोकारवालहरुले बाढी नियन्त्रणका लागि समयमै ध्यान दिनुपर्ने देखिन्छ ।