समयमै बेनी नगरपालिकाको नगरसभा नभएको भन्दै नेकपाको गम्भिर ध्यानार्कषण

  • १० असार २०७६, मंगलवार
  • 2483 पटक पढिएको

म्याग्दी, १० असार । बेनी नगरपालिकाले समयमै नगरसभा नगरेकोमा नेकपा म्याग्दीले गम्भिर ध्यानाकर्षण गरेको छ । स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट बक्तव्य सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्थाका विरुद्ध बेनी नगरपालिकाले नगरसभा आयोजना नगरेको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले एक प्रेस विज्ञप्तीबाट ध्यानकर्षण गराएको हो ।


नगरबासीलाई सत्य तथ्य जानकारी गराउनु जिम्मेवार पार्टीको कर्तव्य ठानेर यस प्रेस विज्ञप्ती प्रकाशित गरिएको नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेलले बताए ।
नगरप्रमुखले एजेण्डा तय गरि प्रस्ताब गर्ने विधि अनुरुप नै बेनी नगरपालिकामा गत जेठ ३ गते बसेको ४० औँ कार्यपालिका बैठकमा कर्मचारी व्यवस्थापन गर्ने बिषयको निर्णय गर्दा मेयर बाहेक उपमेयर सहित अन्य सबै कार्यपालिका सदस्यहरुको एकमत रहेको सन्दर्भमा विधि र प्रकृया पुरा नगरिकन गैरजिम्मेवार ढंगले बैठक छाडेर निस्कनुप्रति ध्यानाकर्षण गर्दैछौ ।

लचकतासाथ अघि नबढेर लोकतान्त्रिक मुल्य र मान्यताको विपरित नगरप्रमुख रहेको प्रष्ट भएको हो । यसमा दोषी समग्र जनप्रतिनिधि हुन् भन्ने जर्वजस्त प्रचार भ्रम रहेको उल्लेखित अध्यक्ष पौडेलले बताए । नगरप्रमुखले मात्रै सभा आह्वान गर्न सक्ने बैधानिक व्यवस्था रहेको तर नगरप्रमुख जिम्मेवार बन्न नखोजेको देख्दा नगरप्रमुख कतै हुकुमी शासन चलाउने प्रवृति देखिएको जानकारी गराए ।

केहि व्यक्ति र संस्थाको स्वार्थ विपरित भएको निर्णयलाई आत्मसाथ गर्दै असार १० गतेभित्र नगरसभा नबोलाउनु नगरप्रमुखको गैरजिम्मेवारपनि छरपष्ट भएको छ । नगरसभा लगायतका बैठक बस्न नसक्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिब पहिचान कार्यक्रम, संगै कृषि, स्वास्थ्य र शिक्षाको अनुदान कार्यक्रमको बजेट समेत फ्रिजप्रति ध्यानाकर्षण गरिएको छ।
नगरको विकास र समृद्धिमा नगरप्रमुख र पार्टीलाई ऐन, विधि र प्रकृया अनुरुप जिम्मेवार बन्न नेकपाले आग्रह गरेको छ ।