तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा म्याग्दीकी श्रेष्ठले स्वर्ण पदक जितिन्

  • १० असार २०७६, मंगलवार
  • 2449 पटक पढिएको

 

बेनी १० असार । म्याग्दीकी एक खेलाडीले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक दिलाएकी छिन् ।नेपाल तेक्वान्दो संघ ३ न. प्रदेश समितिले काठमाडौमा आयोजना गरेको प्रतियोगिताको ४६ केजी तौल समूहमा गण्डकी प्रदेशबाट सहभागि भएकी रश्मि श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी गण्डकी प्रदेशबाट सहभागि म्याग्दीकै सुस्मिता दर्जीले ६७ केजी तौल समूहमा कास्य पदक जितेकी जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।

असार ६ र ७ गते सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरु सहभागि थिए । स्वर्ण पदक बिजेता श्रेष्ठले दक्षिण एशियाली साफ खेलकुद प्रतियोगिताको छनौट प्रतियोगितामा भाग लिन पाउने भएकी छिन् ।