बेनीमा “अग्निदह”को बिशेष प्रर्दशनी

  • १० असार २०७६, मंगलवार
  • 1945 पटक पढिएको

 

बेनी १० असार । बेनीमा सोमबार सन्देशमुलक चलचित्र “अग्निदह”को बिशेष प्रर्दशनी गरिएको छ ।  बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको सभाहलमा गरिएको चलचित्रको बिशेष प्रर्दशनीको बजारका बासिन्दा र विद्यार्थीहरुले अवलोकन गरेका थिए । प्रर्दशनिको प्रजिअ लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

एक घण्टा ४५ मिनेट लामो यो चलचित्र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । २०७४ मा बिशेष चलचित्र अवार्ड पाएको अग्निदहले समाजमा बोक्सीप्रथाका कारण परेको असर र प्रभाव न्युनीकरण गर्न र कोही पनि मान्छे बोक्न नहुने सन्देश प्रवाह गराउन खोजेको छ ।

चलचित्रमा प्रकाश घिमिरे, अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ । २०७२ मा मकवानपुरमा बोक्सीको आरोपमा एक वृद्धालाई घरमा आगो लगाएर जिउदै जलाएको विषयलाई आधार बनाएर चलचित्र बनाइएको छ ।

लेकमणि पौडेलको लेखन, घनश्याम लामिछानेको निर्देशन, भुवनेश्वर शर्मा र मोहनराज पौडेल संरक्षक रहनुभएको छ । मानिस विभिन्न कारणले बिरामी पर्दा बोक्सा बोक्सीलाई दोष दिइने तथा बोक्सा बोक्सी माथि गरिने गाली गलौच, कुटपिट, सामाजिक बहिस्कारदेखि लिएर हत्या सम्मका विद्यमान अमानवीय र जघन्य अपराधलाई मनोवैज्ञानिक तरिकाले सजिवतापूर्वच चित्रण गरिएको छ ।

अभियानका परिकल्पनाकार कबिदशरण उपाध्यायले म्याग्दी, मुस्ताङ लगायत देशका २२ जिल्लामा चलचित्रको बिशेष प्रर्दशनी गरिएको जानकारी दिनुभयो । बागलुङ र पर्वतमा पनि बिशेष प्रर्दशनी गर्ने संस्थाले जनाएको छ ।