अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारितः ३४ करोड ७८ लाखको बजेट प्रस्ताव

  • १० असार २०७६, मंगलवार
  • 1707 पटक पढिएको

पोखरेबगर,१० म्याग्दीख । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगारलाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग, पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ । गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर गर्वुजा पुनले सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित गर्ने नीति तथा कार्यक्रम मार्फत गाउँपालिकाको आर्थिक र सामाजिक समृद्धिमा टेवा पु¥याउने बताए ।

सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजित गाउँसभामा रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको निति तथा कार्यक्रमसंगै प्रस्ताबित बजेट सार्वजनिक गरिएको थियो ।आगामी आर्थिक बर्षमा गाउँपालिकाले आर्थिक, सामाजिक, पुर्वाधार, वातावरण र संस्थागत विकास तथा सेवा प्रवाहमा सुशासन कायम गर्ने लक्षसहित बजेट प्रस्ताव गरिएको बजेठ उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गरेकी थिईन ।  साथै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै ब्यवसायीकरण गर्ने घुम्ती खेती प्रणालीलाई प्रोत्साहन गर्दै जमिन बाँझो छोड्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने, अर्गानिक खेती प्रणाली विकासलाई पालिकास्तरमा ब्यापक बनाईने, पशुपालनको क्षेत्रमा उन्नत नश्लका गाई,भैंसी, भेडा, च्यांग्रा तथा चौँरी गाईको व्यवसायिक उत्पादन गर्नुका साथै स्थानीय जातका पशुहरुको आनुवांशिक संरक्षणका कार्यक्रम सञ्चालन मार्फत पशुजन्य उत्पादन अभिवृद्धि गरिने योजना छ ।


आगामी नीति तथा कार्यक्तममा अध्यक्षसंग लागू औषध दुब्र्यसनी नियन्त्रण,ेष्ठ नागरिक साक्षात्कार तथा सम्मान कार्यक्रम र उपाध्यक्षसंग महिला शसत्तिकरण कार्यक्रमलाई जोड दिएको छ । प्रसिद्घ अन्नपूर्ण पदमार्ग सर्कीट, अन्नपूर्ण हिमाल, नीलगिरी हिमाल, रुप्से झरना, पुनहिल, सबै भन्दा बढी थरीका गुरास फुल्ने जंगल, संरक्षित गर्ने,आउने स्वदेशी तथा विदेशी पर्यटकहरु एवं अनुसन्धानकर्ताहरुका लागि आकर्षण गर्न थप पदमार्गको विकास गर्न त्यको लागि ट्रेकिङ रुटमा होमस्टे निर्माण गर्ने, पदयात्रीहरुको जानकारीका लागि ठाउँठाउँमा पर्यटकीय सूचना केन्द वोर्डहरु राख्ने, स्थानिय सांस्कृतिक तथा कला संस्कृति तथा रितिरिवाजको संरक्षण, साथै आर्थिक वर्ष २०७६लाई पर्यटकिय महोत्सवहरु आयोजना गरी अन्नपूर्ण पर्यटन बर्ष मनाईने कार्यक्रममा उलेश्ख गरिएको छ ।


वनजंगल तथा वातावरण जोगाउन वैकल्पिक उर्जा मार्फत दाउराको प्रयोगलाई क्रमशः विस्थापन गर्ने नीतिलाई निरन्तरता दिने“जलबिद्युतकोे उत्पादन अन्नपूर्णको स्वाभिमान कार्यक्रमलाई निरन्तरता दिदै विद्युतको भरपर्दो व्यवस्था गर्नेलाई पारित गरिएको छ।गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त ,दुरुस्त र प्रभावकारी बनाउन पूर्ण रुपमा ईन्टरनेट मार्फत सेवा प्रदान गर्ने लक्षित वर्गलाई कानुन बमोजिमको सुविधा उपलब्ध गराउने ,दलित, अल्पसंख्यक, अपांग, महिला तथा वालवालिका लगायत लक्षित वर्गका लागि क्षमता अभिबृद्घि तथा सशक्तिकरणका कार्यक्रम गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गर्ने वडालाई अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउने सबै वडामा बैकं मार्फत वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ,आगामी दुई बर्षभित्र एक घर, एक धारा कार्यक्रम सञ्चालन, बालबालिकाको विद्यालय छोड्ने दर कम गर्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने तयारी गरिने छ।

विद्यालयको पूर्वाधार विकास, शिक्षकको पेशागत हकहित तथा शिक्षण पेशामा प्रतिबद्घ गराईने, प्रत्येक बर्ष अन्नपुर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न युवा प्रोत्साहनका लागि गाउँपालिका अध्यक्षसंग युवा खेलकुद प्रतियोगिता कार्यक्रम लाईएको छ । युवाहरुलाई रोजगारको अवसर दिने, सेवाप्रवाहमा प्रभावकारिता, सार्वजनिक सुनुबाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण गर्ने कार्यक्रम सञ्चालन गरिने योजना छ ।


राजस्वलाई थप व्यवस्थित गरि परिचालन तथा राजस्व चुहावट नियन्त्रणमा जोड दिदै राजस्वका दायराहरु फराकिलो पारी आन्तरिक आम्दानी वृद्धि गर्न तातोपानी कुण्ड, घोरेपानी, पुनहिल, रातोपानी कुण्डबाट राजस्व संकलन भएको रकमलाई पर्यटन क्षेत्रमा लागानी गर्ने अवसर सिर्जना गरिने छ ।
रुप्से झरना, बयली, महरे डाँडा ,खोप्रा लेख, ढाड खर्क लगायतका अन्य सम्भावित पर्यटकिय स्थलहरुहरुमा यूवाहरू केन्द्रित रोजगारमुलक योजनाहरू निति तथा कार्यक्रममा समेटिएको छ ।
गाउँसभाको अवसरमा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँसभाका सदस्य र वडा अध्यक्षहरुले राय राखेका कार्यक्रमको संचालन सदस्य सचिव केदारनाथ शर्माले गरेका थिए ।