होराइजनमा  मतदानबाट चुनिए क्याप्टेन

  • ७ असार २०७६, शनिबार
  • 1803 पटक पढिएको

अनिल पौडेल
असार ६ म्याग्दी । पर्वत बेनी स्थीत न्यू होराइजन आवासिय मा.वि लाइ नयाँ क्याप्टेनको नेत्तृत्व मिलेको छ । आज नयाँ क्याप्टेनलाई मतदान गरि निर्वाचित गरिएको हो ।स्कुलभित्र  हुने सम्पूर्ण क्रियाकलापलाइ व्यवस्थित बनाउनको लागी नयाँ नेत्तृत्व  निर्धारण गर्न लागिएको हो ।नेत्तृत्व निर्धारणका लागि आज  गरिएको मतदानमा कक्षा ९ कि छात्रा कुसुम पून विजयी भएकी छन्  ।उनले आफ्नो प्रत्यासी सूस्मा आचार्यलाई २० मत अन्तर पार्दै ८२ भोट लिएर जितेकी हुन् । उनको चुनाव चिन्ह कपि थियो भने उनका प्रत्यासीको चुनाव चिन्ह कलम थियो र कपि चाहीँ विजयी भएको थियो ।


त्यस्तै अर्को उमेदवार सुस्मा आचार्यले ६२  भोट प्राप्त गरेकी थिइन । १५२ जना विद्यार्थिले आफ्नो नयाँ क्याप्टेन छान्नको लागी मतदान गरेका थिए । विद्यालयलाई नयाँ तथा उर्जावान क्याप्टेन दिन र मतदान गर्ने तरिकाको बारेमा विद्यार्थिहरुलाइ जानकार गराउनको लागी उक्र कार्यक्रम संचालन गरिएको स्कुलका संचालक तथा प्राचार्य अर्जुन पौडेलले जानकारी दिनुभयो  ।


करिव २ घन्टासम्म चलेको मतदानमा निर्वाचन अधिकृत नारायण पौडेल र मतदान अधिकृत शेषराज रेग्मी हुनुहुन्थ्यो । मतदान प्रकिया बसाउनको लागी वाहिरी घेरामा होराइजन सेना र भित्री घेरामा होराइजन प्रहरी खटाइएको थियो । चुनाव लगत्तै भोट गणना गरि नयाँ नेत्तृत्वलाइ बधाइ दिदैँ स्कुलमा सहायक प्रध्यानाध्यापक नारण पौडेलले स्कुलले प्राप्त गरेको नयाँ नेत्तृत्वले आफूभन्दा ठूलालाइ आदार गर्दै साना भाइबहिनीलाइ मायाँ गर्ने र स्कुलभित्र हुने सम्पूर्ण कुराहरुलाइ आफ्नो जिम्मेवारी पुर्वक पालना गर्ने छन् भन्ने अपेक्षा रहेको बताउनु भयो ।उक्र कार्यक्रममा पर्यवेच्छेकको रुपमा अनिल पौडेल र ऐजेन्टको रुपमा रेजिना सुवेदी र ममता शर्माले सहयोग गरेका थिए ।


विद्यार्थीहरुको क्षमता अभिबृद्दि गर्नका लागी फरक फरक खालका रचनात्मक कार्यक्रमहरु  स्कुलले हरेक हप्ता गर्नुपर्ने र होराइजनमा यो लागु भएको शिक्षक भागीरथ उपाध्यायले जानकारी दिनुभयो । बिजयी पुनलाई विद्यालयका अध्यक्ष दल .ब.जिसी (शिव )ले  खादा र अबिर लगाएर बधाई दिनुभएको थियो ।