अन्तराष्ट्रिय योग दिवस बेनीमा ( तस्विरमा हेर्नुहोस् )

  • ६ असार २०७६, शुक्रबार
  • धिरन खत्री
  • 2194 पटक पढिएको

 

म्याग्दी, ६ असार । पाँचौं अन्तर्रा्ष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि म्याग्दीमा पनि मनाईएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।अन्तराष्ट्रिय योग दिवस समारोह समिति म्याग्दीको आयोजना र नविन आनन्द योग केन्द्र म्याग्दीको सह–आयोजनामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख आथिथ्यतामा बेनीमा अन्तराष्ट्रिय योग दिवस मनाईएको हो । बेनी, गलेश्वर, सिंगा तातोपानी, लगायतका क्षेत्रका योगीहरु र सरकारवालाहरुको उपस्थितमा बजार परिक्रमा पछि भएको कार्यक्तमको उद्घाटन गर्दै मन्त्री पुनले योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र फुर्तिलो रुपमा जीवन जिउन सिकाउने कला भएकोले गण्डकी प्रदेश सरकारले पनि प्रदेशको ११ जिल्लामा निरन्तरता दिएको बताईन ।

नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ । बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले विभिन्न रोगको शिकार भैरहेका अवस्थामा म्याग्दीमा योग २०६० सालमा सुरु भएको थियो । अहिल्य म्याग्दीमा यसको महत्व बढ्दै गएको नविन योग केन्द्र म्याग्दीका अध्यक्ष टिकाबहादुर जुग्जालीले बताए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा स्वास्थ राख्नका लागि योगलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षता नविन योग केन्द्र म्याग्दीको उपाध्यक्ष सुरेन्द्र केसीको स्वागत मन्तव्य र सचिव हरि पौडेलको संचालमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने योगीहरुले नृत्यपनि देखाएका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l