नेपालमा पहिलो पटक भित्रिएको महेन्द्र ट्याक्टरको बेनीमा परिक्षण

  • ५ असार २०७६, बिहीबार
  • 2693 पटक पढिएको


म्याग्दी, ५ असार । नेपालमा पहिलो पटक भित्रिएको महेन्द्र नोभो अर्जुन ७५५ मोडेलको नयाँ ट्याक्टरको परिक्षण गरिएको छ। अग्नि कर्पोरेटले भित्र्याएको सबैभन्दा बढी भारबहन क्षमता भएको यस ट्याक्टरको बतास बोद्रर्श प्रा.लीले गण्डकी धौलागिरि क्षेत्रमा र बेनीमा रारा अटोमावाइल्स आधिकारीक विक्रेता रहेको छ ।


अग्नि, बतास र राराअटोमोवाईल्सको सयुक्त आयोजनामा भएको सेवाग्राही भेटघाट कार्यक्रमको अवसरमा विहिबार बेनीमा पहिलो टेस्ट ड्राईभिङ गरिएको हो । कच्ची सडकमा ६ टनसम्म बोक्न सक्ने यो ट्याक्टर भारतमा सफल परिक्षण भईसकेको छ । नेपालको भौगोलिक बनावट अनुसार कच्ची सडकमा समेत बढी भार बोक्न सक्ने ट्याक्टर उपभोक्ताको लागि फाईदाजनक भएको बताश ब्रदर्श प्रालिका धौलागिरि इन्चार्ज विमल भण्डारीले जानकारी दिए ।


महेन्द्र कम्पनीको ट्याक्टर नेपालमा अहिले पनि सर्वाधिक विक्रि हुने ट्याक्टरमा पर्छ । नयाँ क्षमतासहित आएको ट्याक्टरमा दुइबर्षसम्म निशुल्क र्र्र्सिर्वसिङको ब्यवस्था भएको रारा ग्रुपका अध्यक्ष हरि भण्डारीले जानकारी दिए । यसअघि भित्रिएका ट्याक्टरहरुको अधिकतम भारबाहन क्षमता ४ टनको मात्र थियो ।


कार्यक्रममा बतास ब्रर्दशका सेल्स म्यानेजर पुष्पराज बराल, बरिष्ठ प्राविधिक सन्जय चौधरी, सर्भिस एण्ड स्पेयर पार्टस इन्चार्ज शरोज पौडेलले नया क्षमता बारे सेवाग्राहीहरुलाई जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै सेल्स म्यानेजर बरालले रारा अटोमोबाइल्स गण्डकी प्रदेशकै उत्कृष्ट बिक्रेता भएको र आगामी दिनमा यो सेवालाई प्रभावकारी रुपमा अगाडी बढाउन सक्षम हुने कुरामा विश्वश्त रहेको बताए ।


त्यस्तै रारा अटोमोवाईल्सका प्रोपाईटर रिम केसीले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने सम्वन्धमा हामी सतप्रतिशत जिम्मेवारीपुर्ण रहेको बताउदै ग्राहकको सहजता र सन्तुष्टीनै कम्पनीको मूख्य उद्देश्य रहेको जानकारी दिए । सेवाग्राही मोतीलाल पौडेलले रारा अटोमोवाइल्स नाफा भन्दा बढी सेवामुखी भएको कुरा आफुले महशुश गरेको बताउदै थप सेवासंगै निरन्तरता दिन कम्पनीलाई आग्रह गरेका थिए ।


सोही कार्यक्रमको अवसरमा ३ वटा महेन्द्र ट्याक्टर विशेष छुटमा सेवाग्राहीले खरिद गरेका थिए । साथै ट्याक्टर खरिद गर्ने ग्राहकहरुलाई कम्पनीद्धारा विशेष सम्मान गरिएको थियो ।
राराअटोमावाईल्सका लेखापाल रेशम केसीको संचालन, प्रोपाईटर केसीको स्वागत मन्तव्य रहेका कार्यक्रमको समापन मन्तव्य प्रवन्धक कृष्णप्रसाद पौडेलले राखेका थिए ।