म्याग्दीमा साताव्यापि कार्यक्रम गरि लागुऔषध दुरुपयोग विरुद्धको दिवस मनाईदै

  • ४ असार २०७६, बुधबार
  • 1936 पटक पढिएको

म्याग्दी ४ असार । लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस म्याग्दीमा साताव्यापि कार्यक्रम आयोजना गरि मनाईने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको दिवस मुल समारोह समितिको बैठकले जुन २६ तारिकका दिन मनाइने लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको दिवसलाई साताव्यापि जनचेतनामुलक कार्यक्रम गरि मनाउने निर्णय गरेको हो ।

 


दिवसको पहिलो दिन विहिवार बेनीमा सरोकारवाला, सर्वसाधारण र विद्यार्थीहरुको सहभागितामा प्रभातफेरी एवम लागु औषध दुव्र्यसनीबारे जनचेतनामुलक कार्यक्रम गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायत सरकारी तथा गैर सरकारी र निजि क्षेत्रका कार्यालय, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकले जनचेतनामुलक कार्यक्रम सहित दिवस बनाउने निर्णय गरेका हुन् ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय , सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय, सरकारी तथा निजि र गैर सरकारी संघ संस्था र विद्यालयहरुको संयोजनमा विद्याार्थि, अभिभावक, आमा समुह, युवा क्लबहरुलाई लागुऔषध दुव्र्यसनबारे जनचेतना अभिबृद्धि गर्ने, बेनी नगरपालिका भित्रको मावि स्तरीय निबन्ध लेखन, जिल्लाव्यापि गाँडा फडानी र औषधी पसलहरुको छड्के अनुगमन लगायतका कार्यक्रम गरिने भएको छ । त्यसैगरि म्याग्दीमा असार ६ गते अन्र्तराष्ट्रिय योग दिवस समेत मनाईने भएको छ ।