रुइसे– भेडिओढारमा पुर्वाधार निर्माणमा तिव्रता (फाेटाेफिचर)

  • ३२ जेष्ठ २०७६, शनिबार
  • 3145 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ३२ जेठ । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रुईसे– भेडिओढारमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ । धौलागिरि हिमालसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर रघुगंगा गाउँपालिकाले रुईसे– भेडिओढारमा पदमार्ग निर्माणलाई तिव्रता दिएको हो । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई अवस्थित रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट नजीकबाट उदाएको सुर्य, पश्चिममा रहेको धौलागिरी, अन्नपु्र्ण, नीलगिरि र गुर्जा जस्ता दर्जनौ हिमालको लोभलाग्दो देखिन्छन्


नेपालको १ सय गन्तव्यभित्र समेटिएको धौलागिरि आईसफल पदमार्गले समेटीएको २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार र पदमार्म र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण कार्य भईरहेको छ । गाउँपालिका र प्रदेश र केन्द्रबाट आएको बजेटले काम भईरहेको छ, छिटो भ्युटावर सम्पन्न धौलागिरि आईसफलसम्म पदमार्ग पु¥याउने लक्षसहित वडा र गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।


सिजलगाउँदेखि रुईसेसम्म ३ मिटर पदमार्ग निर्माणका लागि ५ लाख, थामकोटमा निर्माधिन भ्युटावर नजिक शौचालय, भेडिओढारमा पर्यटकको सुविधाका लागि रेलिङ निर्माण, चिमखोलाको शिरमा पदमार्ग निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ। यस क्षेत्रान भ्युटावर र तालिम हल त्यस्तै पिकनिक स्र्पोट लगायतको पुर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । होटल, तालिम हल, भ्युटावरमा विधुत सेवा ल्याउनका लागि पोलहरु विस्तार गर्ने काम भएको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।


धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रुईसे भेडिओढारमा पुगेर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले भ्युृटावर, पदमार्गको अवलोकन गर्दै पुर्वाधारसंगै छिटो पदमार्ग बनाउनुपर्ने र यस क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्न सहयोग गर्ने बताईन । यस क्षेत्रमा बाईसेचौविसे राजाको पुरातात्विक सम्पदाँले समेत ऐतिहाँसिक मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । राजाहरुले राज्य गरेको रुईसेमा तत्कालिन राजाले हात्ति बाध्ने स्थान, पानीखाने कुवा, राजाका प्राचिन सम्पदाहरुको खोजी, गाई भेडा गोठलाई संरक्षण गर्न सकेमा पर्यटकका लागि थप आकषर््ाणको केन्द्रविन्दू बन्ने सम्भावना बढेको ।


जिल्लाको सदरमुकाम बेनी देखि प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर हुदै पिप्ले, भगवती कोट मन्दिर, सिजलगाउँ, रोटेपानी, रुईसे भुमेमन्दिर, राजाहरुले बनाएको दरवारको भग्नाबशेस राजाले धान कुट्ने ओखल, पानी खाने कुवा,े चौतारी, राजाको सुत्ने ढुङ्गा हुदै थामकोट डिल हुदै रुईसे भेडिओढार पुग्न सकिन्छ ।


स्थानीय तहले सडक सुविधा, विधुत,होटल, स्थानीय उत्पादनमा जोड र बन्यजन्तु संरक्षण लगायतका थप कामलाई तिव्रता दियो भने पर्यटकहरुको संख्या बृद्धि भएर रोजगारी सिर्जना हुने देखिन्छ ।