गर्भपति र सुत्केरी महिला तथा ५ महिनादेखि ५ बर्षसम्मका बच्चाहरुको पोषण सुधारमा पहल

  • ३० जेष्ठ २०७६, बिहीबार
  • 2495 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ३० जेठ । म्याग्दीमा गर्भपति, सुत्केरी महिला र बालबच्चाहरुको पोषण अवस्थामा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्तम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले ७ हजार १२५ बालबालिका तथा महिलाहरुको तथ्याकं संकलन गरे कुपोषित बालबालिकाहरु र गर्भवती, सुत्ेकरी महिलाहरुको अवस्था सार्वजनिकरण गरेको हो ।


बहुक्षेत्रीय पोषण कार्यक्तमबाट अन्तर्गत स्थानीयतहसंग समन्व्य गरेर जिल्लाभरका ६ महिनादेखि ५ बर्ष मुनिका ६ हजार ४५९ जना बालबालिका र गर्भवती, सुत्केरी ६सय ६६ जना महिलाहरुको स्वास्थ्य अवस्थाबारे तथ्याकं संकलन गरेको थियो ।


पोषण सेवाहरुको पुहच बढाएर स्वस्थ्थकर ब्यवहार विकास गर्न स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य स्वयँसेविकाहरु परिचालन गरेर तथ्याकं संकलन गरेको हो । म्याग्दीमा ६ महिनादेखि ५ बर्षसम्मका ९७ बालबालिका साधारण जोखिम र १० जना अति जोखिममा रहेको भेटाएको छ। त्यस्तै गर्भवति सुत्केरी महिलाहरु मध्य २९ जना साधारण जोखिममा छन् भने ७ जना अति जोखिममा रहेको तथ्याकं संकलन गर्दा भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्यले जानकारी दिए ।

महिला, किशोरी तथा बालबालिकाहरुको पोषण अवस्था सुधार लिनका लागि जिल्लाको ६ ओटा स्थानीय तहमा भेटिएको समस्या निराकरणमा आगामी आर्थिक बर्षमा थप योजा सहित पोषण तथा स्वास्थ्य अस्वस्था सम्वन्धि कार्यक्रम गरिने आचार्यले बताए । सोही कार्यक्तममा गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाबाट महिला तथा बालबालिकाहरुको विश्वसनिय तथ्याकं सकंलन गरेर प्रदेशमा पठाउन सकेमा देखिएको समस्या हटाउन थप सहयोग पुग्ने बताए । जिल्लाबाट आएको तथ्यांकको आधारमा दिगो योजनासहित विभिन्न कार्यक्रमको लागि प्रदेशमा सहजिकरण गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले तथ्याकं संकलन गर्दा बालबालिका तथा गर्भपति, सुत्केरी महिलाहरुमा देखिएको जोखिमहरु न्युनिकरण गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्थ कार्यालयलाई आग्रह गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तथ्यांकमा आधारमा गरिव तथा विपन्न परिवारका सदस्यहरुमा देखिएको समस्या सुधारका सुधारका लागि राज्यबाट पाउने सेवासुविधा निशुल्क उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
विभिन्न सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका स्वास्थ्य संयोजक र पत्रकारहरु उपस्थित भएको कार्यक्रमको सहजिकरण मनिष कुमार महतोले गरेका थिए ।