बेनी नगरपालीकामा नेपाली काँग्रेसका उमेद्वार छनौट

  • १३ बैशाख २०७४, बुधबार
  • 2565 पटक पढिएको

म्याग्दी १३ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेनी नगरपालीकामा उमेद्वार चयन गरेको छ ।     नेपाली काँग्रेस बेनी नगर समितिले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा सर्वसम्मत चयन भएका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उमेद्वारी घोषणा गरिएको हो ।
नगर प्रमुखमा जिल्ला कार्यसमिति सचिव हरिकुमार श्रेष्ठलाई उमेद्वार बनाउने निर्णय गरेको काँग्रेसले उपप्रमुखको उमेद्वार भने सार्वजनीक गरेको छैन् । अंग्रेजीमा स्नाकोत्तर गरेका श्रेष्ठ शिक्षण पेशाबाट सेवा निवृत भएर राजनिति र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।     भद्र र शालीन स्वभावका मंगलाघाट निवासी श्रेष्ठसंगै विभिन्न शैक्षिक, वित्तीय र सहकारी तथा नेपाल बाल संगठन लगायत संस्थाको नेतृत्व सम्हालेको अनुभव छ । काँग्रेसबाट उपप्रमुखमा नेपाल महिला संघकी पुर्व सभापती बिना खड्काको नाम सर्वसम्मत सिफारीस भएको छ ।


उपप्रमुख छाडेर नगर प्रमुख र वडा अध्यक्षका उमेद्वारहरु चयन भएको नेपाली काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्र बीच तालमेलको विषयमा छलफल भैरहेकाले उपप्रमुख पदमा उमेद्वार चयन भएपनि घोषणा नभएको बताइएको छ । तालमेल भएको अवस्थमा माओवादीलाई केही वडाको अध्यक्ष छोड्ने गरी काँग्रेसले उमेद्वार तय गरेको बुझीएको छ ।   

तालमेलको विषयमा दुई वटै पार्टीका नेताहरु केही दिनदेखि निरन्तर छलफलमा छन् । नेपाली काँग्रेसले बेनपा १ रत्नेचौरमा छवीलाल श्रेष्ठ, २ ज्यामरुकोटमा प्रताप मल्ल, ३ भकिम्लीमा जसबहादुर पुन, ४ सिंगामा मिनबहादुर बानिया, ५ पुलाचौरमा यामबहादुर बानिया, ६ मा नारायण कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा धनप्रसाद श्रेष्ठ, ९ घतानमा मा चक्र केसी र १० पात्लेखेतमा रिम रोकालाई वडा अध्यक्षको उमेद्वारको टिकट दिएको छ ।


रत्चौरको अर्जमका बासिन्दा श्रेष्ठ र ज्यामरुककोटको बगरफाँटका बासिन्दा मल्ल काँग्रेसका पुराना कार्यकर्ता हुन् । भकिम्लीका पुन भारतीय सैनीकका सेवा निवृत भएर सामाजिक र राजनितिमा क्रियाशिल रहदै आउनुभएको छ । तातोपानीका बासिन्दा बानिया तातोपानी कुण्ड व्यवस्थापन समितिको सचिव हुनुहुन्छ ।

६ नम्बर वडाका उमेद्वार कार्की ब्यवसायी हुन भने पुलाचौरका उमेद्वार बानीया काँग्रेसका पुराना कार्यकर्ता हुनुहुन्छ । बेनी बजारभित्र पर्ने ७ नम्बरमा युवा नेता रमेशकुमार श्रेष्ठ र ८ मा क्याम्पसचोका बासिन्दा धनप्रसाद श्रेष्ठलाई काँग्रेसले उमेद्वार बनाएको छ । रमेश श्रेष्ठ म्याग्दी जेसीजका संस्थापक अध्यक्ष हुनुहुन्छ भने लेखापढी व्यवसाय गर्दै आएका धनप्रसाद बजारभित्र काँग्रेसको राजनितिमा सक्रिय हुनुहुन्छ ।

घतानका उमेद्वार चक्र केसी नेपाल विद्यार्थी संघका सचिव हुन भने पात्लेखेतमा काँग्रेसको तर्फबाट उमेद्वार भएका युवा रिम रोका कलाकार समेत हुनुहुन्छ ।   निर्वाचनलाई लक्षित गरेर काँग्रेसले नगर सभापति अनोद श्रेष्ठ संयोजक र दिपेन्द्र श्रेष्ठ सहसंयोजक रहेको बेनी नगरपालीका स्तरीय चुनाव परिचालन समिति गठन गरेको छ ।कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति तथा सांसद रेशमबहादुर बानियाले काँग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया थालीएको, संबिधान जारी भएको र देशमा विकासले गति लिएको सन्देश सहित जनताको घरदैलोमा भोट माग्न जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

संबिधानको कार्यान्वयन, जनताको अधिकार स्थापीत, दिगो आर्थिक सम्बृद्धी र विकासका लागि स्थानीय तह निर्वाचनमा काँग्रेसलाई बिजयी गराउनुपर्ने सांसद बानियाको भनाई थियो । मेयर पदका उमेद्वार हरिकुमार श्रेष्ठले आफूसंग भएको ज्ञान, सिप र क्षमत्तालाई बेनी नगरबासीको हित, विकास र सम्बृद्धीमा लगाउने बताउँदै सहयोगका लागि कार्यकर्ता र नगरबासीहरुलाई आग्रह गर्नुभयो ।