दुई युवा ब्यवसायिक ट्राउट माछापालनमा

  • २६ जेष्ठ २०७६, आईतवार
  • धिरन खत्री
  • 3895 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २६ जेठ । स्थानीय स्रोत र साधन प्रयोग गरेर म्याग्दीका युवाहरु हावापानी सुहाउँदो कृषि तथा पशुपालनमा आकर्षित भएका छन् । त्यस्तै अन्नपुर्ण गाउपालिका – २ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले बेसी गाउँमा ब्यवसायिक माछापालन सुरु गरेका छन् ।


पढ्दै पोखरामा डिलरको जागिर गरेर बसेका राम्जालीले कामको शिलशिलामा माछापालन हुने क्षेत्रमा पुग्दा त्यहाँको रहरलाग्दो माछापालनले आकर्षित गरेको थियो । माछापालन सुरु गर्ने निधोसंगै जागिर छोडेर विगत ४ बर्षदेखि आफनै जग्गामा माछापालन सुरु गरेको राम्जालीले बताए । बाझोँ उर्भरभूमि र बाह्यमासे बग्ने मूलको पानीलाई सदुपयोग गर्दै ब्यवसायिक माछापालन सुरु गरिएको छ।
१५ लाख भन्दा बढी लगानी प्रविधियुक्त हावापानी मिल्ने रेन्वो ट्राउट माछा पालन सुरु गरेका छन् । मिठो स्वाद र स्वास्थ्यका लागि फाईदाको रुपमा रेन्वो ट्राउट माछा पालिएको छ । बेच्ने भएका ठुला माछा दुइओटा पोखरीमा छन् भने ६ ओटा पोखरीमा २५ सय भुरा रहेको उनले बताए ।


प्रतिकिलो १३ सय रुपैयाको दरले पोखरीबाटै विक्रि हुने बताए । नजिकै गाउँपालिकाको केन्द्र पोखरेवगर र नेपालमै प्रसिद्ध भुरुङ तातोपानी कुण्ड नजिक भएका होटलमा ग्राहकको मागअनुसार ताजा माछाको रुपमा विक्रि हुने राम्जालीले बताए ।


माछा विक्रिबाट भएको आम्दानी भौतिक संरचना ब्यवस्थापनमा खर्च गरेर जिल्लाकै नमुना माछापालन बनाएर घुम्ने र अनुसन्धान गर्ने स्थल बनाउने लक्ष्य बनाएको छ । ब्यवसायीक रुपमा माछा उत्पादन गर्न सके बजारको समस्या नरहेको राम्जालीले बताए । विभिन्न तालिम तथा शुलभ कृषि ऋण पाउन सके ब्यवसायिक रुपमा बृद्धि गर्ने दुई युवाको लक्ष छ ।


अन्नपुर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले दुई युवाहरुले गरेको माछापालन गाउँपालिकाको नमुना रहेको बताउदै यसलाई बृद्धिगर्न तालिम अनुदान लगायतको सहयोग गर्ने बताए । पुनले गाउँपालिकाभित्र स्थानीय स्रोतसाधन प्रयोग गरे ब्यवसायिक आलु, माछा, चौरी, भेडाबाख्रा लगायतका खेती गर्ने कृषकलाई तालिम र अनुदान दिने ब्यवस्था समेत गर्ने जानकारी दिए ।
स्थानीय स्रोतसाधनलाई प्रयोग गर्दै आम्दानीको रुपमा ब्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषकलाई राज्यले प्राविधि र सुलभ अनुदान ब्यवस्था दिन सकेमा आयात घटाउदै निर्यात बढाउन सकिने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l