पशुपंक्षिको आहरा परिक्षण

  • २५ जेष्ठ २०७६, शनिबार
  • 1759 पटक पढिएको

बेनी २५ जेठ । म्याग्दीका कृषकहरुले पशु पंक्षिलाई खुवाउने आहराको शनिबार बेनीमा परिक्षण गरिएको छ ।  राष्ट्रिय पशु आहरा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाखाको घुम्ती टोलीले कुखुरा, गाईभैसी र बाख्रालाई खुवाउने आहराको नमुना परिक्षण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कृषकहरुलाई ल्याएका दानाको नमुना परिक्षण गरिएको छ ।

नेपालमा पहिलो पटक पशु आहराको गुणस्तर परिक्षण गर्ने उपकरण भित्र्याएर जिल्ला जिल्लामा पुगेर परिक्षण गर्न सुरु गरिएको टोलीका प्रमुख पशु विकास अधिकृत जनकबहादुर धार्मीले बताए ।यसअघि भक्तपुर र काभ्रेमा पशुको आहराको गुणस्तर परिक्षण गरिएको थियो । अत्याधुनिक उपकरण राखिएको गाडीमा मुस्ताङ पनी पुगेर परिक्षण गरिने टोलीका देवीप्रसाद उप्रेतीले बताए । जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गुणस्तर परिक्षणको उद्घाटन गरिएको कार्यक्रममा प्रजिअ लिलाधर अधिकारीको उपस्थित भएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रुमख जिवनप्रसाद आचार्यले सञ्चालन गरिएको कार्यक्रममा सहभागिहरुले पशुपंक्षिलाई गुणस्तरीय आहराको उपभोग गराउनुपर्नेमा जोड दिएका थिए । दाना गुणस्तरीय नहुँदा कतिपय अवस्थामा कुखुरा मरेर क्षति ब्यहोर्नुपरेको कृषकहरुको गुनासो थियो ।