सरकारले विकास यात्रा सुरु गरेको छ : मन्त्री थापा

  • २४ जेष्ठ २०७६, शुक्रबार
  • धिरन खत्री
  • 1869 पटक पढिएको

म्याग्दी, २४ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले संघियता कार्यान्वयनसंगै विकास यात्रा सुरु गरेको बताएकी छन् । म्याग्दीमा क्रियाशिल पत्रकारहरुसंग भेटघाटमा मन्त्री थापाले सरकारले पहिलो बर्षमा संविधानको ऐन नियमअनुसार निर्देशिका बनाउन केन्द्रित रहेको जानकारी गराउदै आगामी बर्षदेखिनीति नियम कार्यान्वयनसंगै जनताकेन्द्रित विकास यात्रा सुरु गर्ने बताईन ।


जनताको आर्थिक सामाजिक रुपान्तरण गर्ने योजनासहित सरकारले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउदै कार्यान्वयनमा सबैले ध्यानदिन समेत आग्रह गरेकी थिईन । मन्त्री थापाले सरकारले विकासको सम्भावना ढोका खोलेका छ, ग्रामिण भेगका महिला तथा युवाहरुलाई कृषि क्षेत्रमा लगाएर पारिवारिक र सामाजिक आर्थिक क्षेत्रलाई उकास्न राष्ट्रपति महिला उत्थान कार्यक्तम सुरु गरेको जानकारी दिईन । ३० जिल्लालाई लक्षित गरेर पहिलो बर्ष ४७ समुहलाई सो कार्यक्तम अन्तर्गत परेका छन् । जसमध्ये म्याग्दीमा ३ समुहलाई यो अनुदान उपलब्ध गराएको जानकारी दिईन । आर्थिक स्रोत सिमित भएकोले सबैलाई समेट्न नसकेको जानकारी गराउदै महिलाको आर्थिक सशक्तिकरणको लागि आगामी बर्षमा सबै जिल्लालाई समेट्ने पहल भएको बताईन ।

जिल्लाको पर्यटनको सम्भावना बोकेको क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्नका लागि पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताईन । उनले धौलागिरि आइसफल पदमार्गको पर्यटन विकासका लागि पदमार्ग निमार्णसंगै प्रचारप्रसार गरेर नयाँ पर्यटकिय गन्तव्यको विकास पहलसमेत गरेको समेत बताईन । देशभर रहेका महिला तथा बालबालिका कार्यालय जिल्लाबाट हटाउदा विभिन्न गतिविधि र तथ्याकं लिन ग्राहो भएको बताउदै स्थानीय तहअनुसार महिला, बालबालिका, जेष्ठ र अपाङ्गको तथ्याकं लिने अधिकृत कर्मचारी ब्यवस्था मिलाउने तयारीमा लागेको जानकारी दिईन । लागेको बताईन।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l