राखुभगवतीमा निः शुल्क आखाँ रोगको उपचार शिविर सुरु

  • २३ जेष्ठ २०७६, बिहीबार
  • 2251 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २३ जेठ । ग्रामिण भेगका जनतालाई लक्षित गरेर रघुगंगा गाउँपालिकाका– २ स्थित राखु भगवतीस्थित भगवती स्वास्थ्य चौकीमा दूईदिने आखाँ शिविरि सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलाय अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषको आयोजना, हिमालयन आखाँ अस्पताल पोखराको सहआयोजना र रघुगंगा गाउँपालिको समन्वयमा दुईदिने आखाँ शिविर विहिबारदेखि सुरु भएको हो ।


बेग, राखु भगवती, पिप्लेका जनतालाई लक्षित गरेर संचालन गरिएको आखाँ शिविरको उद्घाटन गर्दै महिला बालबालिका र जेष्ठ नागरिक मन्त्री थममाया थापाले ग्रामिणभेगका जनतालाई निःशुल्क रुपमा पाउने सुविधा जनताको घरदैलोमा पु¥याउने उद्देश्यले आखाँ शिविर आयोजना गरिएको बताईन । सरकारले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको जानकारी दिईन । मन्त्री थापाले सरकारले विकासको सम्भावना ढोका खोलेका छ, महिला तथा युवाहरुलाई कृषि क्षेत्रमा लगाएर पारिवारिक र सामाजिक आर्थिक क्षेत्रलाई उकास्ने योजनाहरुलाई कार्यान्वयन गरिरहेको जानकारी गराउदै समुदाय सामुहिक रुपमा अघि बढ्नुपर्ने बताईन।


जिल्लाको पर्यटनको सम्भावना बोकेको क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्नका लागि पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताईन । उनले रघुगंगा गाउँपालिकाको रुईसे धौलागिरि आइसफल पदमार्गको पर्यटन विकासका लागि पदमार्ग निमार्ण तथा अन्य पुर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको समेत जानकारी गराउदै गुणस्तर पुर्वाधार निर्माण र प्रचारप्रसारमा लाग्न आग्रह समेत गरेकी थिईन । उनले राखु भगवती र पिप्ले लगायतको क्षेत्रमा भएको गुठी समस्या हटाउन कानुन संसोधनका लागि संसदमा विधेयक पेश गरिएको जानकारी दिईन ।


त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले निःशुल्क हुने सेवाले ग्रामिण भेगका जनतालाई राहत पुग्ने बताए । त्यस्तै सो कार्यक्तममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका विकास योजना कार्यान्वयनको अवस्था र आगामी योजनाहरुमा भईरहेको गृहकार्यको जानकारी गराएका थिए ।


दुई दिनसम्म संचालन हुने शिविरमा हिमालय आखा अस्पताल पोखरीकी डाक्टर हरिमाया गुरुङको नेतृत्वमा आखा रोगको पहिचान, उपचार र मोतियाविन्दुको अप्रशेन, फिजिशियनहरुबाट साधारण रोगहरुको चेकजाच तथा औषधी समेत शिविरबाट उपलब्ध गराईन्छ ।
राष्ट्रिय स्वास्थ्य कोषका अध्यक्ष डांक्टर होमबहादुर बरुवालको अध्यक्षता वडा अध्यक्ष रिमबहादुर कटुवालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन स्वास्थ्य संयोजक टिका शाहीले गरेका थिए ।