काफलवाली आमा ! ‘एक मानालाई सय रुपैयाँ, दिनमै ४ हजार कमाई’(भिडियो सहित)

  • २२ जेष्ठ २०७६, बुधबार
  • कमल खत्री
  • 3151 पटक पढिएको

कमल खत्री
बेनी २२ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी फुलदेवी नेपालीले जंगलमा खेर गएको काफल विक्रि गर्न थाल्नुभएको छ । जंगलमा फलेको हाडे काफल टिपेर दरबाङ बजारमा ल्याएर विक्रि गर्न थालेको नेपालीले बताउनुभयो । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा काफल विक्रि गर्दै गर्नुभएकी नेपालीले एक पटकमा ५ पाथी काफल विक्रि गर्ने गरेको बताउनुभयो ।

मौसमी फल काफलको माग अत्यधिक रहेकाले फुर्सदको समयलाई सदुपयोग गर्दै आफुले काफल विक्रि गर्न थालेको उहाँले बताउनुभयो ।
नेपालीले एक माना काफललाई १ सय रुपैयाँमा विक्रि गर्दै आउनुभएको छ । ५ पाथी काफल विक्रि गर्दा एकै दिनमा ४ हजार कमाई हुने उहाँको भनाई छ । यो सिजनमा दुई पटक सम्म ५ पाथीका दरले काफल विक्रि गरिसक्नुभएकी नेपालीले जंगलमा काफल रहने समयसम्म बजारमा ल्याएर काफल विक्रि गर्ने योजना बनाएको बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l