जैविक बिबिधता तथा वन्यजन्तु सम्बन्धी तालिम सम्पन्न

  • १८ जेष्ठ २०७६, शनिबार
  • 2602 पटक पढिएको

नारच्याङ १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जैविक बिविधता तथा वन्यजन्तु सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा आइतबारदेखि पत्रकारहरुका लागि सञ्चालित सात दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो ।

एक्याप लागू भएको म्याग्दी, कास्की, लमजुङ, मनाङ र मुस्ताङ जिल्लामा कार्यरत पत्रकारहरुले जैविक बिबिधता र वन्यजन्तुको संरक्षणका लागि भएको पहल र ऐन नियमका बारेमा जानकारी गराई क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको एक्यापका सूचना तथा संरक्षण अधिकृत ऋषी बराल र संरक्षण अधिकृत शैलेन्द्र यादवले सहजिकरण गर्नुभएको थियो । सहभागिहरुलाई नारच्याङ देखि अन्नपूर्ण आधार शिविर सम्म भ्रमण गराई त्यहाँ पाइने वनस्पती, वन्यजन्तु, पंक्षि, जडिवुटी आदीको बारेमा स्थलगत ज्ञान प्रदान गरिएको थियो ।

जस अनुसार नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्गको देउराली र मिरिस्ती क्याम्पमा वन्यजन्तुको बारेमा अध्ययन गर्न क्यामेरा ट्यापीङ उपकरण जडान गरिएको थियो ।