बेनीमा प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो सहित)

  • १७ जेष्ठ २०७६, शुक्रबार
  • 2546 पटक पढिएको

म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा भएको प्रतियोगिताको शुक्रवार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाले सहभागिता जनाएको प्रतियोगितामा गण्डकी प्रदेश तथा छिमेकी जिल्ला स्तरीय पुरुष सिंगल डबल, खुल्ला भेट्रान्स पुरुष डबल एवम् धवलागिरी अञ्चल स्तरीय समुह ख र म्याग्दी जिल्ला स्तरीय माध्यमिक छात्र÷छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई नगद सहित पुरस्कृत गरिनेछ । सो अवसरमा व्याडमिन्टल खेलको विकास र संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याउने अनोद श्रेष्ठ र गोविन्द प्रसाद श्रेष्ठलाई सम्मानपत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष हिमालय कार्की, जिसस प्रमुख केसी, नेपाली काँग्रेस म्याग्दीका सभापती खमविर गर्वुजा, प्रजिअ लिलाधर अधिकारी लगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जिसस प्रमुख केसीले म्याग्दीमा अन्तरविद्यालयदेखि प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिताले यस क्षेत्रमा खेल प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने बताउनुभयो । संघका अध्यक्ष कार्कीको अध्यक्षता, दिपेन्द्र श्रेष्ठको स्वागत र रमेशकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।