चिमखोले भूमे पूजा मेला सम्पन्न

  • १२ बैशाख २०७४, मंगलवार
  • कर्ण खत्री
  • 6039 पटक पढिएको

म्याग्दी १२ वैशाख । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमे पुजा–२०७३ अवसरमा स्थानिय मण्डली युवा कल्बद्धारा आयोजित विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिताहरुको आईतबार समापन भएको छ । मेलामा पहिलो दिन चैत्र २९ गते परम्परागत भूमे पुजा तथा महिला–पुरुष भलिबल , पुरुष बास्केटबल , तारो खेल ,छेलो तथा आँगन प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । पुरुष भलिबलमा मौवाफाँट युवा कल्ब प्रथम र भगवति युवा कल्ब द्धितिय भएका थिए ।

पुरुष भलिबलमा प्रथम र द्धितियलाई क्रमश– रु .६० हजार नगद र प्रमाण पत्र सहित नेपाले मेमोरियल कप तथा नगद रु.४० हजार र प्रमाण पत्र ले पुरस्कृत गरिएको थियो । यसैगरि पुरुष बास्केटबलमा आयोजक– ए र बि क्रमश–प्रथम र द्धितिय भएका थिए । पुरुष बास्केटबलमा प्रथम र द्धितियलाई क्रमश– रु .६० हजार नगद र प्रमाण पत्र सहित मेमोरियल कप तथा नगद रु.४० हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको कल्बका संस्थापक सचिव गम पुनले जानकारी दिनुभयो ।

महिला भलिबल तर्फ आयोजक ए र साबिक चिमखोला–७ ए क्रमश–प्रथम र द्धितिय भएका थिए । महिला भलिबल तर्फ प्रथम र द्धितियलाई क्रमश– रु .२५ हजार नगद र प्रमाण पत्र तथा नगद रु.१५ हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । यसै गरि तारो खेलमा चिमखोला –ए , नगलडाडाँ–ए तथा घ्यासिखर्क–ए क्रमश–प्रथम , द्धितिय र तृतिय भएका थिए । तारो खेलमा प्रथम , द्धितिय र तृतियलाई क्रमश– रु .२० हजार नगद र प्रमाण पत्र , नगद रु.१५ हजार र प्रमाण पत्र तथा रु .१० हजार नगद र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । तारो खेलमा खोल फस्त गर्ने आकाश , सर्वाधिक चोत गर्ने मेजन गर्बुजा र सर्वाधिक खोल गर्ने अगेन्द्र छन्त्याललाई १५ ÷ १५ सय रुपैयाले पुरस्कृत गरिएको थियो ।

छेलो तर्फ नर बहादुर तिलिजा , ध्रुब कुमार पाईजा र नरर्सिङ गर्बुजा क्रमश–प्रथम , द्धितिय र तृतिय भएका थिए । छेलो तर्फ प्रथम , द्धितिय र तृतियलाई क्रमश– रु .३ हजार नगद र प्रमाण पत्र , नगद रु.२ हजार र प्रमाण पत्र तथा रु .१ हजार नगद र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । मेलामा आयोजित प्रतियोगिताका पुरस्कार तथा कप नेपाली काँग्रेस म्याग्दी ,एमाले चिमखोला –बेनी सम्पर्क मञ्च , चिमखोले बहराइन सहयोग समिती ,मण्डली बज्यै संरक्षण समिति, एमाले चिमखोला–प्रवासी सम्पर्क मञ्च , ललित तिलिजा,मुनेस पुन, दिपक पुन , ओम पुन ,धन बहादुर पुन , चौ बहादुर पुन तथा जुन बहादुर पुर्जा लगायतले प्रायोजन गर्नुभएको कल्बले जनाएको छ ।

कर्ण खत्री