निर्वाचन सुरक्षालाई म्याग्दीमा शसस्त्र प्रहरीको टोली परिचालन

  • १२ बैशाख २०७४, मंगलवार
  • 2145 पटक पढिएको

बेनी १२ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सघाउन बेनीमा शसस्त्र प्रहरीको मद्दत टोली परिचालन भएको छ ।

कुश्मामा रहेको शसस्त्र प्रहरीको चण्डीका गणले निर्वाचन प्रयोजनका लागि बेनीमा अस्थाई क्याम्प राखेर परिचालन भएको हो । म्याग्दीमा शसस्त्र प्रहरीको उपस्थिती नभएकाले आवश्यक परेको अवस्थामा कुश्माबाट सहयोग माग्ने गरिएको छ ।

सुरुमा २६ जनाको टोली आएर पेट्रोलीङ, पैदल गस्ती मा परिचालन भैसकेको जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी यादव आचार्यले केही दिनमै जनशक्ति थपिने बताउनुभयो । सशस्त्र प्रहरीको म्याग्दीमा करिब एक सय जना सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
सशस्त्र प्रहरीको टोली खुल्ला मञ्च नजिकै रहेको शैक्षिक तालीम केन्द्रमा अस्थाई रुपमा बसेको छ । यसैबीच म्याग्दीका सुरक्षा अधिकारीहरुले मतदान स्थलको बस्तुअवस्था अध्ययनका लागि स्थलगत अध्ययन गरीरहेका छन् । जिल्ला सुरक्षा समितिले मतदान स्थललाई तिन भागमा बिभाजन गरेर तिन तहको निर्वाचन सुरक्षा योजना तयार पारेको छ । File picture