पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान

  • ११ जेष्ठ २०७६, शनिबार
  • 2000 पटक पढिएको

म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो ।


सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र वडा अध्यक्ष जीवनकुमार मल्ल शुक्रबार वडा कार्यालयको प्राङगरणमा ५० जना ज्येष्ठ नागरिकलाई बस्तुगत सहायता वितरण र वडामा रहेका विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका ३० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।


सम्मान गरिएका ज्येष्ठ नागरिकलाई बस्तुगत सहायतामा आयुर्वेद भिटामिन, सावुन, लगायतका सरसफाईका सामाग्री वितरण गरिएको छ। भने आयुर्वेद स्वास्थ्य शाखा मार्फत ८० जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण र आबश्यक आयुर्वेद औषधी समेत वितरण गरिएको थियो ।


गाउँपालिकाले आठ ओटै वडामा पुगेर ज्येष्ठ नागरिक सम्मान, योजनाहरुको अनुगमन, आगामी आर्थिक बर्षको योजना छनोट कार्यक्तमलाई तिव्रता दिएको छ । आगाम आर्थिक बर्ष २०७६÷७७ मा १७ करोड ४६ लाख ३१ हजारको बजेट आउने अनुमान गरिएको प्रशासकीय अधिकृत रमेश थापाले बताए । गाउँपालिकाले टुक्रे योजना हटाउदै वडाले दिगो र प्रत्यक्ष जनतालाई लाभ हुने गौरवका योजनाहरु छनोटमा लागेको छ ।