नयाँ प्रतिभा खोज्दै हाम्रो काभ्रे दोहोरी साँझ धमाका 2074

  • १२ बैशाख २०७४, मंगलवार
  • 3103 पटक पढिएको

वैदेशिक रोजगारीमा विदेशिएका नेपाली कला पारखीहरुले विभिन्न अनलाइन सांगीतिक प्रतियोगिता आयोजना गरेर लोकसंगीतको जगेर्नाका साथै नयाँनयाँ प्रतिभाको खोजी गरिरहेका छन् । सामाजिक सञ्जालमध्येको लोकप्रिय ह्वाटसएपको माध्यमबाट अध्यक्ष लाक्पा तामाङ भन्छन ” देश तथा विदेशमा रहेका संगीतका पारखीहरुलाई लोकगीतको मोहमा डुबाइराख्न सफल भएको एक समूह बनेको छ ।

हाम्रो काभ्रे दोहोरी साँझ ।” हाम्रो काभ्रे दोहोरी साँझ परिवारले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा खुल्ला लोक दोहोरी प्रतियोगितामा सामाजिक सञ्जालको ह्वाट्सएपमा सुरु गरेको छ । नेपाल, भारत, मलेसिया, ओमन, युएई, कतार, बहराइन, सााउदी अबर र कुवेतबाट करिब ३ सय चालीस जना लोकपारखीहरुले भाग लिएको यस प्रतियोगिता वैशाख १० गतेबाट औपचारिक शुरु भएको लोकदोहोरी गायक प्रेम भट्राईले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा सबैभन्दा पहिला अनलाइन प्रतियोगिता सञ्चालन गरि पहिलो एल्बम ह्वाट्सएपमा निकाल्न सफल लोकगायक सब्द लय तथा निर्णायक प्रेम भट्राईले यो प्रतियोगिता सबैभन्दा धेरै कलाकारहरु सहभागी भएको ऐतिहासिक कार्यक्रम भएको दाबी गरेका छन् । हाम्रो काभ्रे दोहोरी साँझ परिवारले नयाँ प्रतिभाको खोजी गर्ने उक्त लोकदोहोरी प्रतियोगिताको नाम काभ्रे धमाका –२०७४ राखिएको छ । देश, विदेशमा लुकेका नवप्रतिभाहरुको खोजी तथा लोक संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने मुख्य उदेश्यले आयोजना गरिएको यो प्रतियोगिता करिब १ महिनासम्म चल्नेछ ।

यस लोक दोहोरी प्रतियोगितामा देश तथा विदेशमा छरिएर बस्नु हुन लोक पारखी लोक श्रृष्टाहरुलाई सहभागी जनाई आफ्नो कला ताथ गला प्रदर्शन गरी कार्यक्रमलाई सभ्य र भब्यताका साथ सफल पारिदिनु हुन आयोजकले आग्रह गरेको छ । कार्यक्रमको सफल कार्यान्वयनका लागि विभिन्न व्यक्तिव्वहरुलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । यस कार्यक्रमको सभापतिमा लोक दोहोरी गायक तथा विभिन्न लोकदोहोरी कार्यक्रममा निर्याणकको भूमिका निर्वाह गरिसकेका लोकश्रृष्टा प्रेम भट्टराई रहेका छन् भने उपसभापतिमा शुसिला भण्डारी र प्रमुख अतिथिमा सञ्चारकर्मी रामप्रसाद ढुङ्गेल रहेको आयोजकले बताएका छन् ।

प्रतियोगितात्मक सांगीतिक कार्यक्रममा विशेष अतिथिका रुपमा कमल निर्मोही,अर्जुन विरही, बाबुराम परियार,निरमाया तामाङ, विनोद घाम्बाले, विशाल चापागाईं, धना परदेशी, उर्घेन थोकर, प्रेम मोक्तान, उमाकान्त पौडेल, बिएन घायल, गोपाल भट्टराई, गोपाल थापा, रूद्र श्रेष्ठ निरमाया तामाङ रहनेछन् । काभ्रे दोहोरी साँझका पदाधिकारीहरुमा अध्यक्ष लाक्पा तामाङ, उपाध्यक्ष सम्झना तामाङ, कोषाध्यक्ष सुनीता पन्त, सहकोषाध्यक्ष दिया लामा, सचिव अनुशा लामा, सहसचिव सुनील लामा, सदस्यहरु कुमारी तामाङ र झबिन्द्र क्षेत्री रहेका छन् ।

उक्त प्रतियोगितात्मक कार्यक्रममा हाँस्यकलाकारका रुपमा इगल लिम्बु, समीर मोक्तान लामा र कमला थापा उपस्थित भएर समयामयिम नेपाली समाज, राजनीतिको चिरफार गर्ने तालिका छ । यस समूहको सल्लाहकारहरुमा वसन्ती राना, विनोद न्यौपाने, कृष्णस्मरण शाह, तेजप्रसाद बराल, तेन्जिङ पेम्ब लामा, के बी पाण्डे, कमलेश हमाल रहेका छन् यस प्रतियोगिताको निर्णायकहरु गोविन्द पौडेल, किङ् कमलेश,सुजन लामा र लाक्पा तामाङ रहेका छन् । प्राविधिकहरुमा दावा लामा,सुनील लामा,सरिता समर्पण,लक्की कासिम र सूर्यबहादुर मगर रहेका छन् ।

उनीहरुले कार्यक्रममा प्राविधिकका रुपमा रही टाइपिङ। समय व्यजस्थापन लगायत सबै प्राविधिक समस्याको समाधान गर्ने आयोजकले बताए । कार्यक्रमको कुशल सञ्चालक र सञ्चालिकाहरुमा राजेन्द्र कठायत, सिमा शाही ठकुरी, सुमन भट्टराई, सोनिया जिसी, रुद्र जी र इन्दिरा थापा रहेका छन् । प्रतियोगितका सफल तरिकाले अगाडि बडाउन केही महानहस्तीहरुले अतुलनीय सहयोगी भूमिका निर्वाह गरिरहेको कार्यक्रमका सभापति तथा लोकदोहोरी गायक प्रेम भट्राईले बताएका छन् । ती महान्हस्तीहरुमा शान्ती तामाङ, इगल लिम्बू, दिया लामा, करोलिना माया, डोल्मा शेर्पा,अनु थापा पर्दछन् ।

यस काभ्रे दोहोरी साँझले राखेको खुल्ला लोक दोहोरी प्रतियोगिताका वरिष्ठ एड्मिनहरुमा लाक्पा तामाङ, कुमारी तामाङ, सम्झना तामाङ, सुनीता पन्त, प्रेम भट्टराई, निरमाया तामाङ,सुनील लामा, दिया लामा, कमलेश हमाल, इगल लिम्बु, सरिता समर्पण कारोलिना माया तामाङले विभिन्न समूहका कलाकारदेखि लिएर आवश्यक व्यक्तित्वलाई उक्त प्रतियोगितामा सहभागी गराउन सक्रिय भूमिका निर्वाह गर्नेछन् । कार्यक्रको शुरुवातमै राष्ट्रगान प्रस्तुत गर्नका लागि कारोलिना माया तामाङ, रेमन जिसी, सीता मगरलाई जिम्मेवारी निर्धारण गरिएको छ । स्वागत गीत गायनका लागि केबी राना, सृष्टि राई, प्रेमा मल्ल र कुसुम गुरुङ चयन भएका छन् ।

कार्यक्रमको ढोका खोली उद्घाटन गर्नका लागि दिपसागर र मुना थापालाई जिम्मेवारी दिइएको छ । कार्येक्रम को पहिलो दिन उद्घाटन मा ओन्लाइन बाट २१७ जना लाइ ब्याज बितरण गरेको यस कार्येक्रम का अध्यक्ष लाक्पा तामाङले जानकारी दिनुभएको छ प्रतियोगितामा हजारौं नगद राशिको पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ । प्रथम पुरस्कार २० हजार रुपैयाँका साथमा प्रमाणपत्र, द्वितीय पुरस्कार १५ हजार रुपैयाँका साथमा प्रमाणपत्र, तृतीय पुरस्कार रुपैयाँ १० हजार रुपैयाँका साथमा प्रमाणपत्र, सान्त्वना पुरस्कार ७ हजार रुपैयाँका साथमा प्रमाणपत्रको व्यवस्था र उत्कृष्ट कलाकारलाई नगद ५ हजार रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएका छन् । फाइनल चरणमा पुग्न सफल रोधी समूहलाई प्रोत्साहनस्वरुप विशेष पुरुस्कारका रुपमा कदर पत्र प्रदान गरिने अध्यक्ष लोक गायक लाक्पा तामाङले बताएका छन् ।