प्रितीसंग युद्ध लडेपछि ढकालले सम्झनासंग गरे प्रेम (भिडियो सहित)

  • ८ जेष्ठ २०७६, बुधबार
  • 4001 पटक पढिएको

म्याग्दी, ८ वैशाख । म्याग्दीका कलाकार नकुल ढकालले साँगेतिक क्षेत्रमा ब्याटल गित मार्फत माफुलाई चिनाउन थालेका छन् । केही समय अघि चर्चित गायिका प्रिती आले र गायक ढकालले उखान युद्ध बजारमा ल्याएका थिए । उखान युद्धको चर्चा सकिन नपाउँदै गायक ढकालले योगेश काजि र सम्झना लामिछाने मगरसंगको सहकार्यमा प्रेमयुद्ध ब्याटल गित बजारमा ल्याएका हुन् ।

लोकदोहोरी गित मार्फत साँगेतिक क्षेत्रमा प्रवेश गरेका गायक ढकालको लागि नयाँ पुस्ताको गितको रुपमा चिनिने ब्याटल उनलाई चिनाउने माध्ययम बन्न थालेको छ । प्रेमयुद्धमा दुई जना केटाले एउटी केटिलाई मन पराउदा आपसी भनाभनको दृष्यलाई गित र म्युजिक भिडियोमा उतारिएको छ । यस गितमा गायक ढकाल र योगेशकाजि बिचमा गायिका सम्झना लामिछाने मगरलाइ दुबै जनाले मन पराउदा झगडा भएको अबस्थालाई चरितार्थ गरिएको छ ।

पछिल्लो समय समाजमा हुने परिवेशलाई साँगेतिक कोसेली मार्फत उजागर गर्ने कोसीस गरिएको गितका सर्जक समेत रहेका गायक ढकालले बताए । नकुल ढकालकै लय रहेको यस गितमा चर्चित गायक योगेशकाजि विसी , सर्जक ढकाल र गायिका सम्झना लामिछाने मगरको स्वर रहेको छ भने गितको म्युजिक भिडियोमा निर्देशन बिक्रम चौहन,प्रकाश खड्काको छाँयाङकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । गायक ढकालले यस अघि आधा दर्जन बढी गितहरु बजारमा ल्याइसकेका छन् ।