एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा म्याग्दीका अमर छन्त्याल विजयी

  • ७ जेष्ठ २०७६, मंगलवार
  • 2320 पटक पढिएको

म्याग्दी, ७ जेठ । एनआरएनए अमेरिकाको बोर्ड अफ् डाईरेक्टरमा म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका अमर छन्त्याल विजयी हुनुभएको छ ।  छन्त्यालले १८७६ मत ल्याएर सो पदमा बिजयी हुनुभएको हो । स्वतन्त्र रुपमा उमेद्वारी दिएर बिजयी हुनुभएका नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर छन्त्यालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्न आफु प्रतिबद्ध रहेको प्रतिबद्धता जनाउनुभएको छ ।


अमेरिकाको बाल्टिमोर शहरमा माउण्ट एभरेस्ट रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका छन्त्याल सफल व्यवसायि मानिनुहुन्छ । छन्त्याल म्याग्दी समाज अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहनुभएको छ । उहाँ समाजीक सेवाको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । एनआरएनए अमेरिकाको निर्वाचनबाट अध्यक्षमा सुनिल कुमार शाह निर्वाचित हुनुभएको छ ।