नेपाल अडिटर्स एशोसियशन म्याग्दीको नयाँ नेतृत्व चयन

  • ६ जेष्ठ २०७६, सोमबार
  • 2622 पटक पढिएको

म्याग्दी, ६ जेठ । नेपाल अडिटर्स एशोसियशन म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीमा रहेका अडिटर (लेखापरिक्षक)हरुको साझा संस्थाको रुपमा रहेको नेपाल अडिटर्स एशोसियशनको तेस्रो जिल्ला अधिवेशनबाट नारायणप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको सदस्यहरुमा तेजप्रसाद पौडेल, एकादक्त शर्मा, रत्नबम मल्ल, सल्लाहकारमा रामप्रसाद शर्मा र केन्द्रिय प्रतिनिधिमा रामजी प्रसाद सुवेदीलाई चयन गरिएको छ । भेला जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।