स्थानीय तहमा रहेका पसलहरुको अनुगमन

  • ६ जेष्ठ २०७६, सोमबार
  • 2347 पटक पढिएको

म्याग्दी, ६ जेठ । जिल्लाको ६ स्थानीय तहमा रहेका ब्यवसायीक पसलहरुको एकैसाथ अनुगमन गरिएको छ । सदरमुकाम केन्द्रित अनुगमनलाई तोड्दै प्रशासनले ग्रामिण भेगका जनतालाई गुणस्तर खाद्ययबस्तु विक्रिका लागि स्थानीय तहसंग समन्वय गरेर अनुगमन गरेको हो ।


प्रशासनले बेनी नगरपालिकाको बेनीबजार, रघुगंगाको मौवाफाटँ, अन्नपुर्णको पोखरेबगर, मंगलाको बावियाचौर, मालिकाको दरवाङ र धौलागिरि गाउँपालिकाको मुनामा रहेका खाद्यान्न, डेरी, मासु र औषधी लगायतका एकसय तेइस ओटा पसलहरु सरोकारवाला, जनप्रतिनिधि र पत्रकारको उपस्थितमा अनुगमन गरेको थियो ।


प्रशासनका अनुसार पोखरेबगरमा १९, दरवाङमा १९, मुनामा १२, बावियाँचौरमा २९, मौवाफाँटमा १६ बेनीमा २८ पसल अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्थानीय तहमा रहेका सबै पसलहरुमा म्याद नागेको बस्तुहरुको बढी भेटिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।


अनुगमन क्रममा पिय पदार्थको म्याद सिद्धिएको, पसलमा बोड नराखिएको, ब्यवसाय दर्ता नगरेको, खरिद विल नभएको, मूल्य सुचि नराखिएको, लाईसन्स नलिई मधिरा बिक्रि गरिएको लगायतका समस्या अनुगमनका क्रममा भेटिएको छ । अनुगमनमा भेटिएको म्याद नागेका बस्तुहरु नष्ट गरिएको थियो ।
ब्यवसायीलाई दैनिक उपभोग्य सामानहरु म्याद भएको राख्न र कमिकमजोरी एक हप्ताभित्र सुधार गर्न ब्यवसायीलाइ अनुगमन टोलिले सुझाव दिएको छ ।