मिर्गौला पीडित छन्त्याललाई दुई लाख बढी सहयोग हस्तान्तरण (विवरण सहित)

  • ६ जेष्ठ २०७६, सोमबार
  • 2737 पटक पढिएको

म्याग्दी, ६ जेठ । दुबै मिर्गौलाले काम गर्न छाडेपछि अस्पतालको शैयाबाट सहयोगको याचना गरिरहनुभएकी धवलागिरी गाउँपालिका–५ मलम्पारकी माया कुमारी छन्त्याललाई २ लाख बढी सहयोग प्राप्त भएको छ । छन्त्यालको उपचारको लागि प्रवासमा रहेका मल्कबाङ्गबासीहरुको नेतृत्वमा संचालन भएको ‘मायाँ छन्त्याल बचाउ’ अभियान अन्र्तगत कतारबाट रु २ लाख ९ हजार १८० रुपैयाँ सहयोग जुटेको हो ।

कतारमा रहनुभएका मल्कबाङ्गका रविन्स छन्त्यालको अगुवाईमा विभिन्न देशमा रहेका म्याग्देली र नेपालीहरु मार्फत संकलन भएको सो सहयोग मिर्गौला पीडित छन्त्याललाई हस्तान्तरण गरिएको छ ।सो सहयोग रकम नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष भक्त बहादुर घरब्जा छन्त्याल, मल्कबाङ्ग केन्द्रीय समाजका कोषाध्यक्ष दलमान घरब्जा छन्त्याल, समाजसेवी भिम तथब्जा छन्त्यालको रोहोवरमा कतारमा आर्थिक संकलन समितिका संयोजक रविन्स छन्त्यालले मिर्गौला पीडित छन्त्याललाई हस्तान्तरण गर्नुभएको छ ।


गण्डकी अस्पतालमा उपचार गराइरहनुभएकी २६ बर्षिया छन्त्यालको घरपरिवारको आर्थिक अबस्थाले उपचार खर्च जुटाउन कठिनाई देखिएपछि विभिन्न मुलकमा रहेका मल्कबाङ्गबासीहरुले आर्थिक संकलन गरिरहेका छन् ।
सहयोगदाताको नामावली :

१) मनकुमारी छन्त्याल – मलम्पार हाल मलेसिया रु. ३०,०५२/-
२) सोम बहादुर केसी – मराङ ठूलो गाउँ हाल मलेसिया रु. १३,५००/-
३) गिरी प्रसाद छन्त्याल – मल्कबाङ्ग – ६ हाल जापान रु. १०,०००/- 
४) राजेश नेपाली – मराङ, घण्टीबाङ्ग हाल मलेसिया रु. १०,०००/-
५) ज्ञान बहादुर छन्त्याल – मलम्पार हाल मलेसियामा रु. ८,०००/-
६) बोम बहादुर लामकरे – मल्कबाङ्ग हाल साउदी अरब रु. ६,०००/-
७) ज्ञान बहादुर छन्त्याल – मल्कबाङ्ग हाल जापान रु. ५,०००/-
८) रबिन्स छन्त्याल – मल्कबाङ्ग हाल कतार रु. ५,०००/-
९) तम गौचन – मल्कबाङ्ग हाल जापान रु. ५,०००/-
१०) खुम छन्त्याल – मल्कबाङ्ग हाल जापान रु. ५,०००/-
११) धन छन्त्याल – मल्कबाङ्ग हाल जापान रु. ५,०००/-
१२) शिव परियार – मल्कबाङ्ग हाल मलेसिया रु. ५,०००/-
१३) रुद्र लामगडे – मल्कबाङ्ग हाल कुवेत रु. ५,०००/-
१४) डम्मर लामगडे – मल्कबाङ्ग हाल साउदी अरब रु. ५,०००/-
१५) तारा छन्त्याल – मल्कबाङ्ग हाल दुबई रु. ५,०००/-
१६) रिता छन्त्याल – कुइने खानी हाल माल्दिभ्स रु. ५,०००/-
१७) रमेश रसाइली – मल्कबाङ्ग हाल दुबई रु. ५,०००/-
१८) याम छन्त्याल – मल्कबाङ्ग हाल दुबई रु. ३,०००/-
१९) जितु छन्त्याल – मल्कबाङ्ग हाल दुबई रु. ३,०००/-
२०) गम बहादुर छन्त्याल – मल्कबाङ्ग हाल दुबई रु. ३,०००/- 
२१) योगेश घर्ती – मुदी रु. ३,०००/-
२२) क्षेत्र छन्त्याल – मल्कबाङ्ग हाल कतार रु. ३,०००/-
२३) मन बहादुर सिर्पाली – मल्कबाङ्ग हाल दुबई रु. २६५०/-
२४) गंगा छन्त्याल – मल्कबाङ्ग हाल कतार रु. १५,००/-

२५) क्षेत्र घरब्जाको नेतृत्वमा कतारमा उठेको रकम रु. २६,६३०/-

२७) म रबिन्स घरब्जाको नेतृत्वमा कतारमा उठेको रकम रु. १८,३००/-

२८) गंगा घरब्जाको नेतृत्वमा कतारमा उठेको रकम रु. ११,५५०/-

जम्मा रकम रु. २०९,१८०/- (अक्षरुपि दुई लाख नौ हजार एक सय असी)