बेरोजागारीले निम्त्याएकाे देहहत्या

  • ६ जेष्ठ २०७६, सोमबार
  • 2159 पटक पढिएको

कमल (तिलक भण्डारी) :  हामी नेपालीहरू कति अभागि छौँ । रोजगारको लागी सात समुन्द्र पार गरी बर्षो सम्म हाम्रो पुरै जवानि जोश जागर सबै बिदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छौँ । बरोजगारीले निम्तायको कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत साधन दिदा पनि हामीले ति स्रोत साधनालाइ चिन्न नस्कदा र सक्षम नेतृत्व नहुदा आज हामी सबै नेपालीले रोजगारी शिलशिलमा धैरै कष्ट दुख पिडा भोग्न बाध्य छौँ।

दुख कष्ट पिडा भोग्नलाइ हामी तयार हुनु पर्छ एउटा सामान्य भनाइ छ कि घोडलाइ पर्छ कि युवालाइ तर यहाँ ठिक बिपरित भएको देखिन्छ । रोजगारीको नाममा हामीले कति समय बैदेशिक यात्रा गर्ने र भोलिका भाबि सन्ततिलाइ पनि यहि बाटो डोराउने आजको पेचिलो बिषय बनेको छ। हामी सबैले आफनो ठाँउबाट सोच्न बिचार मनन गर्न आबश्यकता छ कसरी हामी बेरोजगारलाइ अन्त्य गर्न सकिन्छ यस बिषयमा सबैले आफनो आफनो ठाउँबाट नयाँ रोजगारी सृजना गर्नलाइ बिज्ञान र प्रबृदिको प्रयोग गरी उचित बिषयको पहिचान गरी रोजगारी सृजना आजको अ।बश्यकता हो भन्ने महसुस गनपर्छ । रोजागारी कसरी सृजना गर्न सकिन्छ यस बिषयमा अलि तेज र पेज मष्तिषक प्रयोग गर्नु पर्छ सबैले अनि मात्र बेरोजगारीलाइ अन्त्य गर्न हामी युवा सक्षम हुने छौँ ।

जसरी नेपाललाइ भुगोलको आधारमा बिभाजन गरीएको छ त्यसरी नै नयाँ रोजगारी सृजना गर्नलाइ पनि भुगोलको आधारमा बिभाजन गरी रोजागारी सृजना गर्न सकिन्छ । त्यसका लागी हामी सग धैरै आधार छन । आज नेपाल कुषि मुलुक भनेर चिनिन्छ तर हामी कृषिमा सबै परनिभरमा बसेका र्छो । प्रत्येक बर्ष अरर्बो रूपैयाको कुषिजन्य चिज हामी आयात गर्न बाध्य र्छो यदि हामीले भगोल र समय सापाक्षे कृषिमा लगानि गर्ने हो भने लाखो युवालाइ रोजगारी दिन सकिन्छ र आयात ठाउँमा हामी नियात गर्न र सफल उदमी बन्न सकिन्छ ।

यदि हामीले रोजगारी को लागी कुनै पहल कदमि नचाल्ने हो भन्ने पकै पनि भबिष्यमा हामीले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ। बेरोजागरी समस्याले कति जटिल र डरलाग्दा घटना पैदा गर्छ भन्नको लागी हिजो मात्रै एक जना भाइको आत्म हत्याले पुष्टि गर्छ । त्यसकारण हामी कहिल्य पनि अरूले काम दिन्छ र माम पकाउला भन्ने हाम्रो मष्तिषकाबाट निकालन सकने हो भने मात्र यि र यस्तै घटनाबाट हामी अलि टाढा बस्न सफल र सक्षम बन्न सकिन्छ । बेरोजगारीले कति डर लाग्दा घटना सृजना गरेको छ ।

यो अरबको मात्र होइन हामी युरोपियन मुलुकमा पनि हेरन सकिन्छ आत्म हत्या जगन्य अपराध कुलत यि यस्तै धैरै भएको छ हामी तमाम नेपाली समाजमा कहि हत्या कहि लुटपाट कहि लिभिङ टुगेदर यि यस्तै सामुहिक समस्या हामी कति समय थेक्न सक्ने यो धैरै जटिल बिषय भएको हो । रोजगारी आजको आबश्यकता हो तर रोजगारी सृजना कसरी गर्न सकिन्छ सबैले मनन गर्रो । सभ्य र कुशल अनि सगरमाथा जस्तो अटल र उच्च शिर बनाइ अगाडी बढने प्रयत्न गराैँ । यो नै आजको आबश्यकता हो ।