आरक्षणले मात्र दलित अधिकार प्राप्त हुँदैन : अध्यक्ष जुग्जाली

  • ६ जेष्ठ २०७६, सोमबार
  • 1573 पटक पढिएको

म्याग्दी, ६ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा दलित जनप्रतिनिधि र दलित अगुवा विच संचालित दलित सचेतना सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरिय दलित संचालनको आयोजनामा आइतबारदेखी कार्यक्रम सुरु भएको हो ।


कार्यक्रममा वडा नं ६का वडा अध्यक्ष सन्तोष सुवेदीले समाजमा सबै जाती समान भएको बताउदै ठुलो सानो जाती भनेर विभेद गर्नेलाई कानुनी कारबाही हुने बताए । समाजको विकासमा दलितको सहकार्य महत्वपुर्ण रहदै आएको त्यस्तै वडा नं ६ का अध्यक्ष सुनि जुग्जाली रेशमले परम्परादखी नै समाजमा दलित माथि विभेद रहेको बताउदै विभेद मुक्त हुन सबैमा शैक्षिक चेतना आवश्यक रहेको बताईन । साथै उनले दलित विभेद मुक्त हुन दलित भित्रको उच्च निच्च अन्तर विरोधको अन्त्य गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा दलित जिल्ला संयोजक बल बहादुर विकले नेपालमा दलित समुदायको संख्या बढी भए पनि राज्यको हरेक हरेक निकायमा भने निकै न्युन दयनिय रहेको बताएका थिए । संयोजक विकले राज्यको हरेक परिवर्तमा दलित समुदायको ठुलो योगदान रहे पनि राज्यले दलित माथि नै विभेद गर्ने गरेको बताए । दलित कार्यक्रम संचालन समिति कार्यक्रम संयोजक छवि विकको अध्यक्षता,पविना विकको स्वागत मन्तव्य र दलित कार्यक्रम संचालन समिती सदस्य भविन्द्र नेपालीको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो । कार्यक्रम सोमबार सम्म संचालन हुने छ ।