बेगमा जेष्ठ नागरिकलाई सम्मान

  • ५ जेष्ठ २०७६, आईतवार
  • धिरन खत्री
  • 2673 पटक पढिएको

 

म्याग्दी, ५ जेठ । रघुगंगा गाउँपालिका– १ बेगमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो ।


सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र वडा अध्यक्ष विलबहादुर फगामीलेले शनिबार वडा कार्यालयको प्राङगरणमा ३० जनालाई बस्तुगत सहायता वितरण र वडामा रहेका विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।


सम्मान गरिएका जेष्ठ नागरिकलाई बस्तुगत सहायतामा आयुर्वेद भिटामिन, सावुन, लगायतका सरसफाईका सामाग्री वितरण गरिएको छ भने आयुर्वेद स्वास्थ्य शाखा मार्फत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण र आबश्यक आयुर्वेद औषधी समेत वितरण गरिएको तथा एकल महिला तथा अपाङ्गहरुको आयुवेर्दिक स्वास्थ्थ परिक्षण गर्दै औषधी उपलब्ध गराइएको थियो ।


गाउँपालिकाले आठ ओटै वडामा पुगेर जेष्ठ नागरिक, योजनाहरुको अनुगमन, आगामी आर्थिक बर्षको योजना छनोट कार्यक्तमलाई तिव्रता दिएको छ । सो सम्मान कार्यक्तमा अनुगमन संयोजक सम्झना परियार, वडा सदस्य र कर्मचारीहरुको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l