मंगलाका कृषकलाई एभोकाडो खेती सम्बन्धी तालिम

  • २ जेष्ठ २०७६, बिहीबार
  • 2317 पटक पढिएको

सिजन रोका,
बाबियाचौर १ जेठ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार एभोकाडो खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।एकिकृत फलफुल उत्पादनको माध्यमबाट कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मञ्जुश्री नर्सरी हाउसको प्राबिधिक सहयोगमा मंगला गाउँपालिकाको आयोजनामा तीन दिनसम्म तालिम सम्पन्न भएको थियो ।

तालिम समापनका क्रममा शिव विकको अध्यक्षतामा १३ सदस्यीय समूह गठन भएको छ । समूहको उपाध्यक्षमा धनप्रसाद रोका, सचिवमा उमादेवी पौडेल, कोषाध्यक्षमा चुनदेवी जुग्जाली, सदस्यहरुमा बलप्रसाद रोका, पद्दा बिक, मञ्जु अधिकारी, लालबहादुर बिक, भिमलाल सापकोटा, मोहनलाल सापकोटा, गुमा शर्मा र लक्षिन मल्ल रहनुभएको छ ।

मञ्जुश्री नर्सरीका जिवनप्रसाद राईले कृषकहरुलाई एभोकाडो खेती सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तथा प्राबिधिक विषयमा सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागि ४० जनालाई जेठ मसान्तभित्र एक हजार वटा एभोकाडोका विरुवा गाउँपालिकाले निशूल्क उपलब्ध गराउने भएको छ ।
तालिमका क्रममा मंगला माविको कृषि विज्ञान विषयका विद्यार्थीहरुलाई सहभागि गराएर बाबियाचौरको चिटपानीमा एभोकाडो खेती सम्बन्धी व्यवहारिक अभ्यास गराएर १२ वटा बिरुवा रोपिएको थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको तालिम बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खातीको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।