गण्डकी प्रदेशमा २० प्रतिशत बजेट खर्च

  • २ जेष्ठ २०७६, बिहीबार
  • 1826 पटक पढिएको

धिरन खत्री/
म्याग्दी, २ जेठ । गण्डकी प्रदेशमा २० प्रतिशत बजेट खर्च भएको छ । आर्थिक बर्ष २०७५/७६ को १० महिनामा २० प्रतिशत बजेट खर्च भएको हो । कुल बजेट २४ अरव २ करोड मध्य ४ अरव ६८ करोड बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक जयराम पौडेलले बताए । उनले चालुतर्फ ८ अरव ११ करोड बजेट मध्य २ अरव ४५ करोड बजेट खर्च भएको छ। भने पुँजीगततर्फ १५ करोड ९१ करोड मध्य २ अरव ३४ करोड बजेट खर्च भएको जानकारी दिए । चालुतर्फ ३० प्रतिशत र पुँजीगततर्फ १५ बजेट खर्च देखिन्छ ।


प्रदेशले विभिन्न विभागका कार्यालय मंसिरसम्म विस्तार गर्न लाग्नुको साथै कर्मचारीहरुले समयमा कार्यालयको ब्यवस्थासहित काम अघि नबढाएको कारणले बजेट कार्यान्वयनमा ढिलासुस्ती भएको पौडेलले जानकारी दिए । बजेट कार्यान्वयको ढिलासूस्तीले असारमा बढी भुक्तानी हुने चलनलाई गण्डकी प्रदेशर्मा प्राथमिकता दिएको छ । धेरै ठुला योजनाहरु कार्यान्वयन भईसकेका छन्, ठेक्का कम्पनीले विल उपलब्ध नगराएसम्म भुक्तानी नदिने नियमले भुक्तानी धेरै नभएको नियन्त्रक पौडेलले बताए ।

शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन क्षेत्रमा नीतिनिर्माण तथा प्रदेशको गुरुयोजनाअनुसार काम गर्दा, कार्यालय ब्यवस्थापन ढिलो र कर्माचारी समायोजन लगायतले बजेट सोचेजति समयमा खर्च हुन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले बताए ।