बहराइनमा कोषको एकसय आजिवन सदस्य

  • ११ बैशाख २०७४, सोमबार
  • 2749 पटक पढिएको

म्याग्दी । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आजिवन सदस्यता लिनेको संख्या उत्साहजनक रुपमा अगाडि बढेको छ । कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियान अन्तर्गत बहराईनमा रहेका म्याग्देलीहरु मध्ये एक सय जनाले आजिवन सदस्यता लिएका छन् । म्याग्दी उद्धार समिति बहराईनका उपाध्यक्ष लोक राम्जालीका अनुसार बहराईनमा रहेका म्याग्देलीहरुबाट कोषको आजिवन सदस्यता लिने आकर्षण बढेको छ । केही समय अगाडि कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य, सचिव लोकेश पुनको टोली बहराईनमा पुगेको थियो । उनीहरु बहराईनमा पुगेपश्चात म्याग्दी उद्धार समिति बहाईनले कोषको आजिवन सदस्य बनाउने अभियान नै सञ्चालन गरिरहेको छ ।
यसैवीच एक व्यक्तिले आफ्नो सबैलाई परिवारलाई कोषको आजिवन सदस्य बनाएका छन् । मंगला गाउपालिका–२, सिमलचौर घर भइ हाल बहराइनमा रहेका बालकृष्ण घर्ति क्षेत्रीले आफ्नो सवै परीवारलाइ नै ओमकुमारी शान्ति कोषको आजिवन सदस्य बनाएका छन् । बहराईनमा म्याग्दी उद्दार समिति बहराइले सचालन गरेको आजिवन सदस्य बनाउने अभियनामा २२,८४८।– आर्थिक सहयोग गरि बाबा यामबहादुर घर्ति क्षेत्री आमा बिष्णु घर्ति क्षेत्री र श्रीमाती साबित्री घर्ति क्षेत्रीलाइृ आजिवन सदस्य बनाएका हुन । यसरी परिवार नै ओमकुमारी शान्ति कोष आजिवन सदस्य बनेर उनले गरी तथा बिपन्न बर्गको उपचारमा सहयोग गरिसकेका छन् । कोषका अध्यक्ष राजेश शाक्यले कोषप्रति बहराईनमा रहेका म्याग्देलीहरुले देखाएको सहयोगी भावनाले आफूहरुलाई अझै अगाडि बढ्ने प्रेरणा मिलेको बताए ।